×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘प्रहरीले घुस नखाए ६५ प्रतिशत दुर्घटना रोकिन्छ’

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    फाइल फोटो
    ई. ओमबहादुर श्रेष्ठ
    सवारी दुर्घटना बारम्बार भइरहेका छन्। विगत तीन सातामा मात्र देशमा ठूला-ठूला चार दुर्घटना भइसके। अन्य सानातिना दुर्घटना त सामान्य नै भए। किन दुर्घटना न्यूनीकरण हुँदैन? दुर्घटना बढ्नुका पछाडि के-कस्ता कारणहरु छन्? यिनै प्रश्नको सेरोफेरोमा रहेर मेकानिकल इन्जिनियर ओमबहादुर श्रेष्ठले आफ्नो धारणा राखेका छन्ः

    नेपालमा मान्छेलाई पुग्ने सवारी साधन छैन। तर जति छन्, तिनलाई पुग्ने बाटो छैन। भएको पनि उपयुक्त छैन। उपत्यकाभित्रै त्यो समस्या छ भने बाहिरतिरको कल्पनासमेत गर्न सकिँदैन।


    बर्सेनि बढिरहेको सडक दुर्घटनाको खबर र यसबाट पुगेको मानवीय क्षतिको तथ्य कहालीलाग्दो छ। समाचारहरुमा आएको तथ्यले मन कुँडिन्छ। १० वर्षमा १६ हजार बढी मानिसको सडक दुर्घटनाबाट मृत्यु भइसकेको छ। सवा लाखभन्दा बढी मानिस घाइते भएका छन्। दुर्घटना हुनुमा धेरै पक्षको कमजोरी छ।

    विभिन्न भूमिकामा रहेका मान्छेकै व्यवहारबाट सिर्जित उपज हुन्, यस्ता दुर्घटना। नेपालमा ४० वर्ष पहिले जस्तो व्यवहार हुन्थ्यो, अहिले पनि केही परिवर्तन देखिँदैन। सवारी साधन चलाउँदा अपनाउनुपर्ने नियम र यात्रुहरूले प्रयोग गर्नुपर्ने विवेकमा नआएको परिवर्तनको परिणाम हो, सडक दुर्घटना।

    गुडिरहेको सवारी रोक्ने तरिका, बाटो काट्ने शैली र नियमनकारी निकायमा सापेक्षित परिवर्तन छैन। ८० हजार किलोमिटरभन्दा बढी सडक बनिसकेको छ, तर सवारी चल्न योग्य सडक १७ प्रतिशत नाघेको छैन। सवारी साधनलाई आवश्यक पर्ने पहिलो पक्ष सडक हो भन्नेबारे गहिरिएर अध्ययन गरिएको छैन।

    त्यस्तै, सवारी साधन सञ्चालनमा ट्राफिक नियमले राख्ने अर्थबारे ध्यान दिइएकै छैन। ट्राफिक चिह्न आफैँमा प्रहरी हो। तर, नेपालमा ९५ प्रतिशत सवारी चालकले त्यो नियम पालना गर्दैनन्। एक जनाले नियम नमान्दा अरू कतिलाई असर पर्छ भन्ने चेतनाबारे अनविज्ञता कायमै छ।

    विकसित देशहरूमा ट्राफिक संकेत पढ्न मात्रै महिना दिन बढी खर्च गरिन्छ। तर, हाम्रो भने अनुभवका आधारमा काम चलिरहेको छ। घुस खुवाएर सवारी सञ्चालन अनुमतिपत्र निकाल्ने प्रवृत्ति छ। गाडीको सहयोगीले सवारी साधन चलाउँदा दुर्घटना भएको खबर दिनदिनै सुनिरहेका छौं।

    सवारी साधनको कन्डिसन उत्तिकै महत्वपूर्ण पक्ष हो। तर, धुलोमाटोले पुरिएको वर्कसपहरुमा सवारी साधनको इन्जिन परीक्षण हुन्छ। यस्तो लापरबाहीले जुनसुकै अवस्थामा इन्जिनले काम गर्न छोड्दा दुर्घटना हुन पुग्छ।

    नेपालमा मान्छेलाई पुग्ने सवारी साधन छैन। तर जति छन्, तिनलाई पुग्ने बाटो छैन। भएको पनि उपयुक्त छैन। उपत्यकाभित्रै त्यो समस्या छ भने बाहिरतिरको कल्पनासमेत गर्न सकिँदैन।

    सबैलाई घरआँगनसम्म सडक पुर्‍याउने मन छ। तर, सवारी साधनलाई कति चौँडा बाटो चाहिन्छ, कति मोड चाहिन्छ भन्नेबारे सामान्य अध्ययन नगरी खनिएका सडकमा गाडी कुदाइएको छ।

    दर्जनौं मानिस बोकेर हिँड्ने सवारी चालकले सवारीसम्बन्धी अध्ययन गर्नु जरुरी ठान्दैनन्। उल्टै, ‘पढ्ने हो भने किन ड्राइभर बन्नुपर्थ्यो र’ भन्ने तर्क गर्छन्।

    सवारी दुर्घटनामा तीन पक्ष भनेको सवारी चालक, सवारी साधनको अवस्था र यात्रु हुन्। यसको नियमन गर्ने काम सरकारको हो। त्यसका लागि ट्राफिक नियमसहित प्रहरी सडकमा खटाइएका छन्।

    तर, ती नियमनकारी निकायकै भ्रष्ट आचरणले सडक दुर्घटनाको न्यूनीकरण हुन सकेको छैन। सवारी साधन चलाउनै नमिल्ने सकडमा अधिक क्षमतासहित गुडेका सवारी साधनहरुले प्रहरीलाई खुल्लमखुल्ला पैसामा किनिरहेका छन्।

    जसको परिणाम, दिनदिनै भयावह सडक दुर्घटनाको समाचार सुन्नुपरिरहेको छ। यसमा ग्रामीण सडकमा रेखा मात्रै कोरिएका बाटो भएर गुड्ने जिपहरू पल्टिएको तथ्य बढी छ।

    चार टनभन्दा कम तौल बोक्ने यस्ता लाइट भेहिकलले २० जनासम्म मान्छे बोकेर कच्ची बाटोमा कुदिरहेका छन्। यसको अर्थ जुनसुकै बेला सडकबाट पल्टिन तयार जिपमा यात्रुहरू कोचिएका छन्। यसलाई तत्काल नरोक्ने हो भने सडक दुर्घटना रोकिँदैन।

    यो तथ्य भुल्नुहुन्न कि, क्षमता भन्दा एक जना बढी मानिस बोक्नु भनेको ब्रेकको सन्तुलन बिग्रनु हो, सवारीको गतिमा असन्तुलन आउनु हो। चालकको बलमा सवारी साधन गुडेका हुँदैनन्, त्यो इन्जिनले तान्ने र सन्तुलनमा राख्ने हो।

    तर, क्षमताभन्दा थोरै पनि बढी तौल बोकेका सवारी साधन एक इन्च मात्रै पर पुगेर ब्रेक लाग्यो भने सडकको दायरा नाघिसक्छ। त्यसलाई चाहेर पनि चालकले नियन्त्रण गर्न सक्दैन। दुर्घटनाको ६५ प्रतिशत कारणमा सवारी चालक देखिन्छन्। यदि, सवारी चालकले चाहने हो भने सवारी साधनमा आवश्यक तौल बराबार मात्रै यात्रु राख्न सक्छन्। र, आफ्नै नियन्त्रणभित्र सवारी सञ्चालन हुँदा दुर्घटना न्यूनीकरण भएर जान्छ। सवारी चालकलाई नियमन गर्ने काम चाहिँ प्रहरीको हो। उनीहरु भने पैसा खाएर सवारी चालकलाई छाडिदिन्छन्।

    यसमा सरकारले सडकमा खटाएका प्रहरी बढी जिम्मेवार छन्। रुट परमिट नदिइएको सडकमा अधिक क्षमता बोकेका जिपहरूबाट पैसा लिएर गुड्न दिनु भनेको धेरै जनाको ज्यानमाथि खेलबाड गर्नु हो भन्ने उनीहरुले भुलेका छन्।

    ट्राफिक प्रहरीले चाहँदा कम्तिमा सवारी चालकबाट हुने दुर्घटना घट्छ। तर, प्रहरी भने प्रणालीमा सुधार गर्नुपर्छ भन्ने सोचेर होइन कि जसरी पनि कारबाही गर्छु भनेर सडकमा आउँछन्। सरकारले दिएको कमिसनको लोभमा मनपरी गर्न थाल्छन्।

    प्रहरी जसरी पनि कमिसनका लागि कारबाही गर्ने मानसिकतामा हुन्छन् भन्ने मैले आफैं भोगेको छु। केही वर्षअघिसम्म म थापाथलीमा पढाउने मेकानिकल इन्जिनियर हुँ। एकदिन श्रीमतीले गाडी चलाइन्, म त्यहाँ बसेको थिएँ। प्रहरीले गाडी रोक्यो। र जबर्जस्त मापसेको आरोप लगायो। मैले स्वास्थ्य परीक्षण गर्न जाऊँ भनेपछि बढी मानिस चढाएको भनेर चिट काट्यो। पछि, एसपीसँग सवारी साधनमा मेरो विज्ञताबारे बताएपछि छुटेँ। नियम मिचेर कारबाहीमा पर्दा जति ग्लानि हुन्थ्यो होला भनसुन गरेर छुट्न त्यो भन्दा कयैँ गुणा ग्लानि भयो मलाई। भनसुनबिना केही चल्दैन, के गर्नु।

    सबै प्रहरी घुसको लोभमा आफैं नियम मिचिरहेका छन्, भन्न खोजेको पनि होइन। इमानदार प्रहरीहरू नियमअनुसार कारबाही र सचेतनाका निम्ति तम्तयार छन्। तर, उल्टै उनीहरुको बेइज्जत गर्ने काम भइरहेको छ।

    ट्राफिक नियम उल्लङ्घन गर्नेलाई उच्च तहको निर्देशनमा छुटाइएपछि इमानदार प्रहरीमाथि नैतिक प्रश्न उठ्छ। यसले उनीहरुमा इमानदार भएर काम गर्ने जोश रहँदैन। उल्टो, भ्रष्ट संस्कृतिको निर्माण हुँदै जान्छ। तर, प्रहरीले चाह्यो भने दुर्घटनाको संख्या तत्काल घट्छ भन्ने उदाहरण केही वर्षयता देखिँदै आएको छ। मादक पदार्थ सेवनमा गरिएको कारबाहीले धेरै हदसम्म दुर्घटना रोकेको छ।

    भएका कानुनको कार्यान्वयन गर्ने हो भने अनुपयुक्त सडकमा सवारी सञ्चालन, सवारी चालकको लापरबाही, क्षमताभन्दा बढी भार, व्यवसायीहरुको मनोमानी सबै रोकिन्छ। त्यसका लागि फेरि प्रहरी नै सक्रिय हुनुपर्छ। एकातिर प्रहरीमा रहेको भ्रष्ट मानसिकता पनि हटाउनु छ र अर्कोतिर कानुन हुबहु पालना पनि गराउनु छ। यो त्यति सजिलो भने छैन।

    दुर्घटना न्यूनीकरणको दीर्घकालीन समाधान भनेको थप कानुनको निर्माण, सडक र सवारी साधनको अवस्थाको पूर्ण परीक्षण र ट्राफिक संस्कृतिको विकास नै हो।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.