×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

फास्ट ट्रयाक निर्माणको ‘फसाद’बारे विकल्पमा बहस

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘भारतीय कम्पनीलाई जिम्मा दिए एक खर्ब रूपैयाँसम्म भ्रष्टाचार’

    चन्द्रलाल गिरी 

    काठमाडौँ-निजगढ फास्ट ट्रयाक / फाइल फोटो
    पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले काठमाडौं–निजगढ जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) बनाउने जिम्मा भारतीय कम्पनी आईएल एन्ड एफएस ट्रान्सपोर्टेसनलाई देला? यो प्रश्न अहिले पर्ख र हेरको अवस्थामा बसेको छ। फास्ट ट्रयाक बनाउने विषयमा नेपालका तीनै प्रमुख दल सहमत छन्, तर लगानी स्वदेशी कि विदेशी भन्ने विषय बहसमा छ। सरकार फेरिएलगत्तै फास्ट ट्रयाक फेरि नेपाली राजनीतिक बहसको केन्द्रतिर आइपुगेको छ।

    यो आयोजनामा ठुलो भ्रष्टाचारका लागि चलखेल छ। भारतीय कम्पनीको सर्त मानेर जाने हो भने मुलुक कंगाल हुने देखिन्छ।

    प्रचण्ड सरकारको नीति

    प्रचण्ड सरकार गठन नै भारतीय चलखेलबाट भएको आरोप लगाउँदै एमालेले त प्रचण्ड सरकारले फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी गरेको दाबी गर्न थालेको छ।

    सुशील कोइराला सरकारको पालामा भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले फास्ट ट्रयाक भारतलाई दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए। उनै निधिले प्रचण्ड सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरेका छन्। निधिको चाहनालाई लिएर पनि फास्ट ट्रयाक भारतलाई सुम्पन थालिएको भन्ने तर्कलाई बल पुगेको देखिन्छ।

    तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कुनै पनि हालतमा फास्ट ट्रयाक नेपाल आफैँले बनाउनुपर्नेमा अडिग छन्। श्रेष्ठ संयोजक रहेको सरकार सञ्चालन सहयोग समितिको बिहीबार बसेको बैठकले पनि फास्ट ट्रयाक आफैँ बनाउन प्रधानमन्त्री दाहाललाई सुझाएको छ। बैठकमा प्रधानमन्त्री आफैँले फास्ट ट्रयाक विदेशी कम्पनीलाई नदिने प्रतिबद्धता जनाएका छन्।

    श्रेष्ठका अनुसार दाहालले प्रधानमन्त्री बन्नुअघि नै फास्ट ट्रयाक भारतीय कम्पनीलाई नदिने प्रतिबद्धता जनाइसकेका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अहिलेसम्म फास्ट ट्रयाकबारे सरकारले कसैसँग पनि छलफल नगरेको बताए। ‘यो परियोजना नेपाल आफैँले बनाउने हो,’ उनले भने, ‘भारत भ्रमण हुँदा पनि यसबारे चर्चा हुँदैन भन्ने मलाई लागेको छ।’

    खनालका अनुसार प्रचण्ड सरकार फास्ट ट्रयाकको विवादमा फस्न चाहँदैन। बरु आफ्नो नेतृत्वको सरकार रहँदासम्म यस विषयमा मौन रहन सक्छ।
    सहयोग समितिको बैठकमा फास्ट ट्रयाक, नौमुरे जलविद्युत आयोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग लिन नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको माओवादी नेता देव गुरुङले जानकारी दिए।

    ‘यो आयोजनामा ठुलो भ्रष्टाचारका लागि चलखेल छ। भारतीय कम्पनीको सर्त मानेर जाने हो भने मुलुक कंगाल हुने देखिन्छ। बुट प्रणाली अनुसार जुन टोल टयाक्स लगाउने सर्त छ, त्यसले नेपालको ढाड सेकिने अवस्था छ।’ गुरुङले भने, ‘भारतले नेपालमा पञ्चेश्वर जलविद्युत, हुलाकी सडकजस्ता ठुला आयोजना हात पारेपछि होल्डमा राख्ने गरेकाले भारतीय कम्पनीलाई यो आयोजना दिन हुँदैन।’

    पार्टीभित्र फास्ट ट्रयाक भारतलाई दिन नहुने चर्को स्वर र प्रतिपक्षी एमालेले प्रमुख राजनीतिक एजेन्डा नै यसलाई बनाउने तयारी गरेकाले प्रचण्डले अहिलेकै मोडलमा भारतीय कम्पनीलाई फास्ट ट्रयाक दिन सक्ने अवस्था छैन।
    केपी शर्मा ओली नेतृत्वको सरकारले फास्ट ट्रयाक बनाउन १५ अर्ब बजेट विनियोजन गरिसकेको छ।

    तर, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्रीसमेत रहेका निधिले भारतीय कम्पनीलाई दिनुपर्ने अडान छाडेका छैनन्। उक्त कम्पनीको स्थानीय एजेन्टमा प्रमोद राणाले काम गरिरहेका छन्। राणा देउवाको ससुराली खलकका नातेदार हुन्।
    सरकारमा आउनुभन्दा अघि प्रचण्डले यो सडक निर्माण गर्न नेपाली स्रोत परिचालन गर्दै सेनालाई दिइनुपर्ने बताउँदै आएका थिए।

    सत्ता गठबन्धनको ठूलो दल कांग्रेसका सभापति देउवाको इच्छा विपरीत जान र भारतीय दबाब थेग्न प्रधानमन्त्री प्रचण्डलाई सजिलो छैन। यिनै कारणले फास्ट ट्रयाकको विषय सरकारको आयुसँग पनि जोडिएको चर्चा हुन थालिसकेको छ।

    के हो फास्ट ट्रयाक
    राजधानी र पूर्वी मधेस/तराई जोड्ने द्रूत मार्ग हो, फास्ट ट्रयाक। यसले काठमाडौंबाट ७६ किलोमिटरको दुरीमा बाराको निजगढ भेट्छ।
    चार लेनको एसियन हाइवे–२ अन्तर्गत निर्माण गर्न लागिएको यो परियोजनाको उद्देश्य निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको दुरी डेढ घण्टामा ल्याउनु हो।

    २०६६ कात्तिक २३ देखि आयोजना निर्माणको काम नेपाली सेनाले थालेको थियो। यसको ट्रयाक नेपाली सेनाले खनिसकेको छ।
    यो द्रुतमार्ग पाँच वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। सरकार आफैँले बनाउने हो भने आयोजनाको कुल खर्च ७० अर्ब मात्र हुने अनौपचारिक अनुमान छ। फास्ट–ट्रयाक मेगा प्रोजेक्ट हो। सन् २००८ मै एसियाली विकास बैंकको सहयोगमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार पार्न थालिएको थियो। त्यसबीचमा ट्रयाक खोलियो र बुट मोडल (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मा बनाउन दिने घोषणासहित टेन्डर आह्वान गरियो। आफ्नै खर्चमा फास्ट ट्रयाक बनाउने त्यसबेलाको सरकारी सोच थियो।

    तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएको मौकामा एक अर्ब डलर सहुलियत ऋण नेपालको पूर्वाधार विकासका लागि दिने वचन दिए। त्यसपछि यो राष्ट्रिय गौरवको आयोजना भारतीय कम्पनीलाई नै दिनुपर्ने बहस सुरु भयो।

    यस्तो छ, मोडल
    भारतीय एक्जिम बैंकबाट प्राप्त हुने एक खर्ब सहुलियतपूर्ण ऋणमध्ये आइएल एन्ड एफएसलाई ३ प्रतिशत ब्याजदरमा ७५ अर्ब रुपैयाँ दिने निर्णय अर्थ मन्त्रालयले गरेको थियो। त्यसबेला भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नीधि र अर्थमन्त्री रामशरण महत थिए।

    प्रस्तावित सम्झौता अनुसार द्रूतमार्ग प्रयोग गरेबापत एउटा मोटरसाइकलले ६ सय ६९ रुपैयाँ भारतीय कम्पनीलाई तिर्नुपर्छ। कारले एक हजार पाँच सय ५८ रुपैयाँ बुझाउनुपर्छ भने सार्वजनिक सवारी साधनले राजधानी आवतजावत गर्दा भारतीय कम्पनीलाई एक पटकमा तीन हजार एक सय रुपैयाँ शुल्क तिर्नुपर्छ। ट्रक र हेभी गाडीले ६ हजार सात सय रुपैयाँसम्म तिर्नुपर्छ। यो शुल्क तिरेर गरिने यात्रा विश्वकै सबैभन्दा महँगो हुनेछ।

    नेपालीले सो बाटो प्रयोग गर्दा भारतीय कम्पनीलाई महँगो टोल ट्याक्स तिर्नुपर्नेछ। त्यो कर प्रतिकिलोमिटर २० रुपैयाँ ५० पैसासम्म पर्न जान्छ, जुन अहिलेको सार्वजनिक सवारीमा तिरेको भाडाभन्दा महँगो हो। द्रूतमार्गमा दैनिक चार हजार पाँच सय १७ वटा सवारी साधन चल्ने अनुमान गरिएको छ।

    त्यति साधन चलेनन् भने नेपाल सरकारले भारतीय कम्पनीलाई राज्यकोषबाट पैसा तिर्नेगरी सम्झौता प्रस्ताव गरिएको छ। वार्षिक १५ अर्ब ५० करोडभन्दा कम आम्दानी भएमा सरकारले नपुग रकम क्षतिपूर्तिबापत आइएल एन्ड एफएसलाई तिर्नुपर्ने हुन्छ। सरकारको अध्ययन अनुसार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सन् २०२२ देखि सञ्चालनमा आउन सके सन् २०२६ देखि क्षतिपूर्ति तिर्नुपर्दैन।

    देशलाई कति घाटा

    भारतीय कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई डिपिआर बुझाउँदै भ्याट र मर्मत खर्चबाहेक यसको निर्माण लागत करिब एक खर्ब ३० अर्ब रुपैयाँ निकालेको छ।

    भारतमा समेत विवादित कम्पनीलाई फास्ट ट्रयाक दिन नहुने र स्वेदशी लगानीबाट बनाउनुपर्ने बहस तथा छलफल हुँदै आएको छ। तर, पाँच वर्षको निर्माण अवधिसहित ३० वर्षलाई आयोजना भारतीय कम्पनीलाई दिन सुशील कोइराला सरकारले प्रक्रिया अघि बढाएको थियो। फास्ट ट्रयाकमा कम्पनीले २० प्रतिशत अर्थात् २६ अर्ब रुपैयाँसम्म स्वपुँजी लगानी गर्ने र बाँकी सरकारले सहुलियत ऋण दिने तयारी गरेको थियो।

    कम्पनीले एक खर्ब ३० अर्ब रुपैयाँको लागत निकाले पनि भ्याट र मर्मत खर्चसमेत जोडेर तीन खर्ब १७ अर्ब रुपैयाँसम्म पुग्ने देखाएको छ। एसियाली विकास बैंकले सन् २००८ मा गरेको अध्ययनमा आयोजनाको लागत ७४ अर्ब रुपैयाँ अनुमान गरेको थियो। आयोजना सन् २०१४ मा निर्माण सुरु गरे लागत ८७ अर्ब र सन् २०२१ सम्म आयोजना पूरा भए ९० अर्ब रुपैयाँभन्दा बढी नहुने निचोड निकालिको थियो।

    आइएल एन्ड एफएसले भने आयोजनाको लागत एडिबीको अनुमानभन्दा करिब ४० अर्ब रुपैयाँ बढी निकालेको छ। उसको लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) र २५ वर्षसम्मको आवधिक मर्मत खर्च जोडिएको छैन। उक्त खर्चसमेत जोड्दा लागत करिब २ खर्ब रुपैयाँ नाघ्ने पूर्व मुख्यसचिव लिलामणि पौडेलले बताउँदै आएका छन्।

    भारतीय कम्पनीलाई नदिए उसले डिपिआर तयार पारेबापतको पैसा तिर्नुपर्नेछ। सम्झौता हुँदा उसले निःशुल्क डिपिआर बनाइदिने भनेको थियो। डिपिआरको रकम नदिए उक्त अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण हुने छैन।

    डिपिआर बनाउने जिम्मा दिएको भने पनि आइएल एन्ड एफएसले फास्ट्र ट्रयाक आफैंले बनाउन पाउनुपर्ने तर्क गर्दै आएको छ। फास्ट ट्रयाक बनाउन भारतीय कम्पनीलाई जिम्मा दिए एक खर्ब रूपैयाँसम्म भ्रष्टाचार हुने पौडेलले दाबी गर्दै आएका छन्।

    अर्थात् सन् २०२३ सम्म सरकारले क्षतिपूर्तिका रुपमा अरबौं रुपैयाँ विदेशीलाई तिर्नुपर्ने हुन्छ। तर, सन् २०२२ भित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आउन नसकेमा त्यसपछि पनि धेरै वर्षसम्म क्षतिपूर्तिबापत बर्सेनि अरबौं रुपैयाँ तिर्नुपर्ने हुन्छ।

    राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘फास्ट ट्रयाक बनाउनुभन्दा काठमाडौं–निजगढ ट्रेन जोड्ने हो भने ५० अर्बमा आयोजना पूरा हुन्छ। ४० मिनेटमै राजधानी आउन सकिन्छ। फेरि भारतसँग भएको व्यापार घाटा कम गर्न रेलमार्ग उपयुक्त हुनेछ।’

    रोकाका अनुसार चीनले तामाकोसी तेस्रो (६५० मेघावट) बनाउन चासो देखाएकाले रेलमार्गसँग यसलाई जोड्दा बढी फाइदा हुनेछ। रेलमार्गसँगै फास्ट ट्रयाक पनि बनाउन सकिन्छ।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.