×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

राष्ट्रपति चुरे कार्यक्रममा अधिकांश ‘डुप्लिकेसन’

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पशु र कृषिका अधिकांश कार्यक्रम कागजमा मात्र सीमित रहेको चुरे तराई–मधेस संरक्षण समितिको निष्कर्ष

    – अब्दुल्लाह मियाँ, काठमाडौं

    भाद्र १४, २०७३- राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका बोर्ड सदस्य विदुर भारती चुरेको पैसामा जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको कार्यक्रम अनुगमन गर्न जेठमा कैलाली पुगेका थिए । अनुगमनपछि उनी छक्क परे । कृषि कार्यालयले केही गरिब किसानलाई सुँगुरको पाठो दिएको रहेछ । ‘कृषिकै अर्को कार्यक्रम व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), चुरे र अरू कुनै कार्यक्रमका मान्छे अनुगमनमा गयो भने त्यही एउटै सुँगुरको पाठो देखाइँदोरहेछ,’ भारतीले भने ।

    नवलपरासीमा पनि उनले त्यस्तै देखे । ‘गरिब किसानलाई एकैपटक तीनवटा फाराम भराइँदोरहेछ,’ भारतीले भने, ‘अनि बोका खरिदका लागि ५ हजार दिइँदोरहेछ, अनुगमनमा जो गए पनि त्यही बोका देखाइने रहेछ ।’ चुरेको कार्यक्रम अनुगमनका क्रममा पशु कार्यालयका कर्मचारीले एउटै कार्यक्रम देखाएर धेरै कार्यक्रमको ‘बजेट हिनामिना’ गर्ने गरेको पाइएको उनले बताए । उनका अनुसार पशु कार्यालयले सञ्चालन गरेका अधिकांश जिल्लामा कार्यक्रम डुब्लिकेसन (दोहोरोपन) भएको छ ।

    तराई–चुरेका १७ पशु सेवा कार्यालयमा कार्यक्रम सञ्चालनका लागि राष्ट्रपति चुरेले गत आर्थिक वर्ष २०७२/७३ मा करिब साढे तीन करोड रुपैयाँ दिएको थियो । ‘१७ मध्ये १० जिल्लामा बाख्रा/बोका बाँड्ने कार्यक्रम थियो,’ भारतीले भने, ‘कतिपय जिल्लामा बोका/बाख्रै बाँडिएन, कागजमा मात्र प्रगति देखाइएको छ ।’ चुरेका धेरै जिल्लामा चरिचरन खुला भएकाले त्यसको असर चुरे संरक्षणमा देखिएको उनले बताए । उनका अनुसार भैंसी/राँगा र कुखुरा पालन भने प्रभावकारी छ ।

    कृषि विकास मन्त्रालयअन्तर्गत चुरे क्षेत्रमा सञ्चालित अधिकांश कार्यक्रममा समेत डुब्लिकेसन भएको छ । ‘किसानलाई ३० हजार रुपैयाँ सहयोग गरेको देखिन्छ,’ भारतीले भने, ‘तर, किसानले लगानीअनुसार आम्दानी गरेको देखिएन । उल्टै किसानले तरकारीका लागि चुरेबाट झिक्रो हाल्न रूख काटेका छन् ।’ किसानले ३० हजार लगानी गरेको ठाउँमा मुस्किलले १० हजारको पनि तरकारी उत्पादन गर्न नसकेको अनुगमनमा भेटेको भारतीले बताए ।

    कृषि र पशु कार्यालयले कार्यक्रममा बढी पैसा देखाएर किसानलाई कम पैसा दिएको समेत अनुगमनमा भेटिएको छ । ‘गोठ सुधारका लागि ५ हजार दिएको देखिन्छ, त्यतिमा कस्तो गोठ बन्छ ?’ भारतीले भने, ‘कतिपय जिल्लामा कृषि र पशु कार्यालयले चुरेको कार्यक्रमको बजेट कागजी प्रगति देखाएर सिध्याएको समेत पाइएको छ ।’

    भारतीले गत जेठमा कपिलवस्तुमा कृषि कार्यालयका प्रमुखलाई चुरेको कार्यक्रमको प्रगतिबारे जानकारी माग्दा अहिलेसम्म हेर्नै नभ्याएको जवाफ दिएको सुनाए । ‘तर, चुरेको कार्यक्रमको रकमचाहिँ सकिएको पाइयो,’ उनले भने । राष्ट्रपति चुरे कार्यक्रमले भदौ ६ मा खुमलटारस्थित कार्यालयमा चुरेका ३१ वटै जिल्लामा सञ्चालित कार्यक्रमको प्रगति समीक्षा बैठक डाकेको थियो । त्यसमा कार्यक्रम कार्यान्वयनको जिम्मा लिएका सबै सरकारी निकायका अधिकारीलाई बोलाइएको थियो । उक्त कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक केशवप्रसाद प्रेमीले पशु सेवा विभागअन्तर्गत कार्यक्रम सञ्चालन भएका १७ वटै जिल्लामा कार्यक्रम प्रभावकारी भएको दाबी गरे ।

    आर्थिक वर्ष सकिएको दुई महिना बित्न लाग्दा ७ जिल्लाको प्रगति विवरण आएको र अरूको आउन बाँकी रहेको महानिर्देशक प्रेमीको दाबी थियो । महानिर्देशकको कुरा सुनेपछि पशु कार्यालयले सञ्चालन गरेको कार्यक्रमबारे फिल्ड अध्ययनसमेत गरेका बोर्ड सदस्य भारती चुप लागेर बस्न सकेनन् । जुरुक्क उठे र प्रतिवाद गरे, ‘पशु र कृषिअन्तर्गतका कार्यक्रम कागजमा मात्र सीमित छन्, कुनै काम भएको देखिन्न, सबै डुब्लिकेसन भएको छ र भएको पनि प्रभावकारी छैन, छ भने प्रतिवेदन देखाउनुस् ।’ महानिर्देशक नाजवाफ त भए नै । कार्यक्रमै छाडेर निस्किए ।

    कृषि मन्त्रालयअन्तर्गत चुरे कार्यक्रम हेर्ने जिम्मा लिएका कर्मचारी भने समीक्षामै आएनन् । आएका प्रतिनिधिले आफू आधिकारिक नभएको भन्दै राष्ट्रपति चुरे कार्यक्रमका पदाधिकारीलाई चित्त बुझाउन सकेनन् । कृषिअन्तर्गत १७ जिल्लामा सञ्चालित कार्यक्रम पनि पशुको जस्तै डुब्लिकेसन भएको पाइएको छ । कृषिका लागि चुरेले गत आर्थिक वर्षका लागि करिब ७ करोड रुपैयाँ दिएको थियो । फलफूल खेतीसम्बन्धी केही जिल्लामा सञ्चालित कार्यक्रम भने राम्रो पाइएको छ ।

    यस्तै, समस्या वनस्पति विभागअन्तर्गत सञ्चालित चुरेको कार्यक्रममा पनि छ । पाल्पा र बुटवलको सीमा सिद्धबाबामा रामापिथेकस उद्यान बनाउन बजेट छुट्याइएको थियो । जेठसम्म कामै भएन । ‘साउनमा प्रतिवेदन माग्दा पार्क खोलाले बगायो भनियो,’ भारतीले भने ।

    वन मन्त्रालयअन्तर्गतको अर्को निकाय वन अनुसन्धान तथा सर्वेक्षण विभागले चुरेले दिएको पैसा खर्चै गर्न सकेन । उसले ४५ प्रतिशतमात्रै बजेट खर्च गरेको देखिन्छ । गत आर्थिक वर्षमा सर्वेक्षण विभागलाई चुरेले एक करोड रुपैयाँको कार्यक्रम दिएको थियो । उक्त विभागले चुरेको कार्यक्रमअन्तर्गत चुरेको वनस्रोत सर्वेक्षणको प्रतिवेदन प्रकाशनलाई पनि मुख्य उपलब्धिमा राखेको छ जबकि वन स्रोत सर्वेक्षणका लागि विभागमा अलग्गै करिब ६० करोड रुपैयाँको छुट्टै परियोजना सञ्चालित थियो ।

    केही वर्षअघि वन मन्त्रालयले गरेको अनुगमनले पनि चुरेको कार्यक्रममा धेरै डुब्लिकेसन भएको देखाएको थियो । अनुसन्धान अधिकृत यज्ञनाथ दाहाललगायतले गरेको अध्ययनले नर्सरी, वृक्षरोपणलगायतमा डुब्लिकेसन हुने गरेको पाएको थियो । ‘वन विभागले वनकै बजेटमा नर्सरी बनाउने र त्यसैलाई चुरेको पनि कार्यक्रम भन्ने गरेको देखिन्छ,’ दाहालले मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘एकैखाले कार्यक्रम गरेर बजेट सिध्याउने काम भइरहेको छ ।’ चुरेको कार्यक्रमप्रति तत्कालीन राष्ट्रपति रामवरण यादवसमेत सन्तुष्ट थिएनन् । कतिपय तराई र चुरेका जिल्लामा उनी आफैं अनुगमनमा खटिएका पनि थिए ।

    चुरेले वन मन्त्रालयअन्तर्गतका ८२, कृषि मन्त्रालयअन्तर्गतका २३, पशुपन्छी मन्त्रालयअन्तर्गतका २३, सिँचाइअन्तर्गतका ८ वटा एकाइलाई चुरेको कार्यक्रम दिइएको थियो । ती मन्त्रालयका जिल्लामा रहेका निकायले कार्यक्रम कार्यान्वयनको जिम्मा पाएका हुन् । तर, अधिकांश कार्यालयका काम झारा टार्ने खालको मात्र भेटिएको भारती बताउँछन् । नेपाली सेना, त्रिभुवन र काठमाडौं विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि काम दिइएको थियो । त्यसमध्ये त्रिविको वातावरण केन्द्रीय विभागले चुरेका जिल्लामा पहिरोको पहिचान गर्ने काम सकेको छ भने काठमाडौं विश्वविद्यालयले चुरेमा बाँससम्बन्धी अध्ययन गरिरहेको छ । यस्तै, कोषले चुरेमा भएका ठूला वन्यजन्तुदेखि किरा फट्यांग्रा अध्ययन गर्ने काम गरिरहेको छ ।

    चुरे कार्यक्रममा गत आर्थिक वर्षमा झन्डै २ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादव राष्ट्रिय गौरवका अरू कार्यक्रमभन्दा चुरे कार्यक्रम प्रभावकारी भएको दाबी गर्छन् । ‘हुन त हामीले शतप्रतिशत प्रगति खोजेका हौं,’ उनले भने, ‘प्रशासन संयन्त्रबाट त्यो आस गर्नु ठीक होइन रहेछ ।’ फिल्ड र समीक्षाका क्रममा अरू निकायका तुलनामा पशु र कृषिका कार्यक्रम कमजोर देखिएको यादवले बताए । निकै कमजोर प्रगति भएका निकायसँग बेलैमा छलफल गरेर अघि बढ्न लागेको यादवले जनाए ।

    राष्ट्रपतिले हेरिन् चुरे कार्यक्रम
    राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुरेमा भएका काम अवलोकन गराएको छ ।

    चुरे समितिका अध्यक्ष यादवले शुक्रबार भण्डारीलाई सर्लाहीको नारिमन तालको स्थलगत निरीक्षण गराए । वर्षौंदेखि फोहोर र अतिक्रमणले छायामा परेको उक्त ताल चुरेको करिब पौने दुई करोड बजेटमा नेपाली सेनाले उत्खनन गरी पुन:स्थापना गरेको छ । नेपाली सेनाले अतिक्रमणसमेत हटाएर ६ महिनामा ४२ बिघामा फैलिएको उक्त ताल संरक्षण गरेको हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.