×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

रुप फेरेर सताउँदै छ हङकङे रुघाखोकीले

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अतुल मिश्र, काठमाडौं

    भाद्र ११, २०७३- हाम्रो मुलुकमा एक महिनाभन्दा बढी समयदेखि मौसमी रुघाखोकीअन्तर्गत ‘हङकङ फ्लु’ फैलेको छ । त्यो पनि कडा रूपमा । विशेषज्ञ चिकित्सकहरूको अनुमान के छ भने, इन्फ्लुएन्जा ए भाइरस एच३एन२ ले आफ्नो रूप परिवर्तन गरेर स्वस्थ व्यक्तिमा आक्रमण गरेको हुनाले यो फ्लुले कडा रूप लिएको हो ।

    यस वर्ष मुलुकमा देखिएको हङकङ फ्लुको भाइरसलाई छुट्टयाउने काम भए पनि यसले गत वर्षहरूको दाँजोमा आफ्नो स्वरूप परिवर्तन गरेको छ वा छैन भनेर यसको ‘जेनेटिक एनालाइसिस’ विदेशमा गराउने तयारीसमेत गरिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट एवं सेन्ट्रल डिपार्टमेन्ट अफ बायोटेक्नोलजीमा ‘इन्फुएन्जा (रुघाखोकी)’ मा विद्यावारिधि गरिरहेका विमलेशकुमार झा भन्छन्, ‘गत वर्षको दाँजोमा यो भाइरस धेरै कडा र फरक रूपमा देखिएकोले यो आफ्नो स्वरुप परिवर्तन गरेको हो ।’

    इन्फ्लुएन्जा भाइरसमा आठवटा प्रोटिन हुन्छन् । यसमा एच हेमएग्लोटुमिन एन्टिजेनमा परिवर्तन आएको हो ।

    यो वर्ष मुलुकमा देखिएको हङकङ फ्लुको भाइरसलाई जापानको नेसनल इन्स्टिच्युट अफ इन्फेक्सस डिजिज पठाइन्छ । त्यहाँ यसको ‘जेनेटिक एनालाइसिस’ (उत्पत्तिसम्बन्धी विश्लेषण) को रिपोर्टपछि भाइरसले स्वरूप परिवर्तन गरे/नगरेकोबारे आधिकारिक किटान हुनेछ ।

    भाइरस विशेषज्ञ झाका अनुसार, हाल हङकङ फ्लु देखिएका बिरामीको लक्षण अत्यन्त उग्र छ । उनको आकलनअनुसार हाल देखिने कुल मौसमी रुघाखोकीका बिरामीहरूमध्ये करिब ८० प्रतिशतभन्दा बढी हङकङ फ्लुको कारणले थला परेका हुन् ।

    ‘यसपटक हङकङ फ्लु गत वर्षको दाँजोमा धेरै कडा रूपमा देखिएको छ,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन भन्छन्, ‘मेरो अनुभवमा यो भाइरसले पक्कै
    आफ्नो रूप परिवर्तन गरेर स्वस्थ व्यक्तिलाई आक्रमण गरिरहेको हुनुपर्छ ।’

    उनी यो भाइरस पोहोरभन्दा फरक छ वा छैन भनेर तुरुन्त ठूला केन्द्रहरू खोजी काम सुरु गर्नुपर्नेसमेत बताउँछन् ।

    हाल टेकु अस्पतालमा दिनहुँ करिब सय जनाको हाराहारीमा ‘हङकङ फ्लु’ जस्तो लक्षण लिएर आउने बिरामीहरू पुग्दै छन् । त्यहाँ पुग्ने कुल रुघाखोकीका बिरामीमध्ये करिब ९० प्रतिशत क्लिनकल रूपमा हङकङ फ्लुजस्तै लक्षण लिएर आउने गरेका हुन् ।

    ‘हामीकहाँ रुघाखोकीजस्तै लक्षण लिएर आउनेहरूमा ९० प्रतिशत जति क्लिनिकली हङकङ फ्लुजस्तो लक्षण लिएर आउँछन् भने मुलुकको निजी अस्पतालमा त भीडै होला,’ डा. पुन भन्छन्, ‘एक महिनाभन्दा अघिदेखि नै देखिएको हङकङ फ्लु अहिले कम हुनुपर्नेमा झन् फैलिएको जस्तो छ ।’

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी र सी गरी तीन प्रकारका हुन्छन् । ‘ए’ भाइरसका विभिन्न प्रकारमध्ये हाल ‘एच१एन१’ र ‘एच३एन२’ मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फ्लुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ । मुलुकमा बर्सेनि जाडो बितेर गर्मी लाग्न लाग्दा र वर्षायाम गरी दुई पटक मौसमी रुघाखोकी बढी मात्रामा फैलिने गर्छ ।

    हाल देखिएको लक्षण
    मुलुकमा हङकङ फ्लुको लक्षण गत वर्षको दाँजोमा यस पटक कडा र उग्र देखिएको छ । यसअन्तर्गत घाँटी दुख्ने/चिलाउने, खोकी लाग्नुका साथै धेरैजसो व्यक्तिमा सुक्खा खोकी देखिन्छ ।

    यस्तै बिरामीहरूले टाउको दुखेको समेत गुनासो गरेका छन् । टाउको दुख्दा निधार बढी दुख्ने गरेको अनुभव बहुसंख्यक संक्रमण प्रभावितको छ । शरीरको एक ठाउँ नभएर पूरै जीउसमेत दुख्ने गरेको छ ।
    कुनै कुनै संक्रमितले त सास फेर्न समेत गाह्रो भएको अनुभव गरेका छन् । यसपटक बिरामीहरूमा धेरै उच्च ज्वरोसमेत देखिएको छ । ज्वरो १०१/१०२ डिग्रीभन्दा पनि बढी देखिएको छ ।

    यति मात्र नभएर एक साता औषधि सेवन गरेपछि पनि फेरि केही व्यक्ति रुघाखोकीकै समस्यासहित घाँटी दुख्ने, ज्वरो आउने गर्दा पुन: चिकित्सकको सम्पर्कमा आइरहेको डा. पुन बताउँछन् ।

    हङकङ फ्लुले मृत्यु
    मुलुकमा हाल यो रुघाखोकीले मृत्यु भएको सरकारी तथ्यांक नरहे पनि विशेषज्ञहरूले भने हङकङ फ्लुबाट प्रशस्त मृत्यु भएको आकलन गर्छन् ।

    राजधानीमा हाल धेरैजनाको मृत्यु निमोनियाको कारणले भएको भनिए पनि निमोनिया हुने कारण पत्ता नलगाइएको डा.पुन बताउँछन् ।

    ‘पुरानो तथ्यांकअनुसार अमेरिकामा बर्सेनि ३६ हजार व्यक्ति रुघाखोकीको जटिलताले मृत्यु हुन्छ भने नेपालको स्थिति कस्तो होला हामी सहजै अनुमान गर्न सक्छौं,’ डा. पुन भन्छन्, ‘हङकङ फ्लुले यसपटक मृत्यु पक्कै भएको हो तर यसको वैज्ञानिक निगरानी छैन ।’

    हालसम्म राजधानी लगायत ठाउँमा मृत्यु भएकाहरूमा निमोनिया कुन कारणले भएको हो भनेर खोजबिनसमेत गरिएको छैन ।

    कहिले जँचाउने ?
    रुघाखोकीको लक्षण देखिएका स्वस्थ व्यक्तिलाई सास फेर्न असजिलो नभए बिस्तारै सुधारसमेत देखिए एक सातासम्म कुर्न सकिन्छ ।

    एक सातादेखि १० दिनसम्म घरमै बसेर प्रशस्त मात्रामा तातो पोषिलो झोल पदार्थ, स्वस्थ पौष्टिक आहार सेवन गर्नुपर्छ । यसपछि समेत ज्वरो १०१–१०३ डिग्री देखियो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

    भाइरल संक्रमण साधारण
    रूपमा एक सातासम्ममा आफैं कम हुन्छ । एक सातासम्ममा शरीरले रोग प्रतिरोधक क्षमता विकसित गरेको हुन्छ ।

    तर रुघाखोकीको समस्या केही गरेर सात दिनपछि समेत बढे तुरुन्त चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।

    उपचार प्रक्रिया
    हाल यस्ता रोगीहरूमा साधारणत: पाँच दिनसम्म ‘एजिथ्रोमाइसिन’ एन्टिबायोटिक दिने गरिएको डा. पुन बताउँछन् । उसो त एन्टिबायोटिक औषधिले भाइरसमा काम गर्दैन, तर सेकेन्डरी भाइरल संक्रमणबाट जोगाउनुको साथै रोग प्रतिरोधक प्रणालीमा यसको सकारात्मक प्रभाव देखिएकोले इजिथ्रोमाइसिन दिइराखिएको हो । डा. पुनका अनुसार आफंैले भने औषधि नखाई चिकित्सकको सल्लाहमा मात्र कुनै पनि औषधि सेवन गर्नुपर्छ ।

    सामान्यत: चिकित्सकले तीन दिनदेखि पाँच दिनसम्म एजिथ्रोमाइसिन एन्टिबायोटिक खान सिफारिस गर्छन् ।

    एक साता वा १० दिनसम्म पनि ज्वरो निको भएन भने श्वासप्रश्वास संक्रमणमा उपयोग गरिने एन्टिबायोटिक चिकित्सकको सल्लाहमा छिटो उपयोग गर्नुपर्ने जनाउँदै डा. पुन भन्छन्, ‘यसले हङकङ फ्लुबाट हुने निमोनियाबाट जोगाउन सघाउँछ ।’

    हङकङ फ्लुका केही बिरामीहरूलाई अवस्था हेरी चिकित्सकले अवलोकन विश्लेषण गरेर एन्टिभाइरल औषधि टेमी फ्लुसमेत दिने गर्छन् ।

    बचाउ
    हङकङ फ्लु मौसमी रुघाखोकीकै श्रेणीमा भएकाले यसको फैलिने प्रक्रियासमेत फरक छैन । संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका ससाना थोपाहरूका माध्यमले फ्लुका भाइरस वातावरणमा फैलिन्छन् । फ्लु संक्रमित व्यक्तिको एक मिटर दूरीमा रहेका स्वस्थ व्यक्तिमा समेत श्वासप्रश्वासका माध्यमले सर्न सक्छ ।

    के हो हङकङ फ्लु ?
    यो भाइरस इन्फुएन्जा ‘ए’ उपप्रजातिको एच३एन२ को नामले चिनिन्छ । सन् १९६८ जुलाईमा फैलिएको हङकङ फ्लुको प्रकोपले दस लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको छ । यो रुघाखोकी हङकङबाट सुरु भएकोले यसको नाम हङकङ फ्लु रहन गएको हो ।

    हाल यो रुघाखोकीविरुद्घ शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । तर मुलुकमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.