×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ११ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुमार्गीको रोकिएको रकमबारे प्रधानमन्त्रीको चासो

  •  
  • बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    प्रधानमन्त्रीले सबै अधिकारीहरूको धारणा बुझे पनि कुनै पनि निकायलाई निर्देशन भने दिएका छैनन्

    भाद्र ९, २०७३- लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् । दाहालले सबै अधिकारीहरूको धारणा बुझे पनि कुनै पनि निकायलाई निर्देशन भने दिएका छैनन् ।

    ‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गत साता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, राजस्वसचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सहसचिवहरू, राष्ट्र बैंकका अन्य अधिकारी सहभागी थिए । बैठकमा दाहालले सरकारी अधिकारीहरूसँग रोकिनुको कारण, कानुनी व्यवस्था लगायतका विषयमा जानकारी लिएका थिए । दाहाल निकटकै व्यापारी मानिएका सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का रूपमा ल्याउन लागिएको करिब ११ अर्ब रुपैयाँ रोकिएको छ ।

    यसमध्ये करिब साढे ३ अर्ब रुपैयाँ सुमार्गीले बैंकको खातामा राखिसकेपछि राष्ट्र बैंकले रकम चलाउन नमिल्ने गरी रोकिदिएको छ । सुमार्गीको रोकिएको रकमबारे प्रधानमन्त्रीले छलफल गर्ने विषय नै नरहेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताए । ‘यस विषयमा अर्थमन्त्रीले छलफल गर्न सक्छन् । राष्ट्र बैंकले पनि गर्न सक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले औपचारीक रूपमा छलफल गर्न नहुने हो । रोकिएको रकम फुकाउने कोसिस हुन सक्छ ।’ एफडीआई स्वीकृति दिने निकाय उद्योग विभाग र उद्योगमन्त्रीले अध्यक्षता गर्ने निकाय औद्योगिक प्रवद्र्धन बोर्ड हो । बोर्डले रकम ल्याउन अनुमति दिएको छैन । लगानी स्वीकृतिपछि राष्ट्र बैंकबाट रकम ल्याउन अनुमति लिनुपर्ने हुन्छ । ‘यदि लगानी खुला गर्नुपरे पनि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई नै अनुरोध गर्ने हो,’ बैठकमा सहभागी ति अधिकारीले भने । औद्योगिक प्रबद्र्धन बोर्ड र उद्योग मन्त्रालयसँग सम्बन्धीत अधिकारीहरू भने छलफलमा थिएनन् ।

    संसदको अर्थ समितिले अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको र यसबारे सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेकाले उक्त निष्कर्षमा नपुगि लगानी खोल्न नहुने सरकारी अधिकारीको धारणा छ । स्रोत नखुलेको र परियोजना स्वीकृत नगराई बैंकमा रकम जम्मा गरेको सार्वजनिक भएपछि यस विषयमा संसदको अर्थ समितिले राष्ट्र बैंक, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग सहित सरकारलाई छानविन गर्न निर्देशन दिएको थियो । निर्देशन अनुसारको काम भए नभएको विषयमा समितिमा विवरण नआएको ज्वालाले बताए । ‘निर्देशन दिएको पनि धेरै समय भइसक्यो । अहिलेसम्म केहि जानकारी कुनैपनि निकायले गराएका छैनन्,’ उनले भने ।

    समितिले पनि निर्देशनबारे पुन ताकेता गरेको छैन । ‘सबै निर्णयहरूमा ताकेता गरिएको थियो । यहि निर्देशनको विषयमा छुट्टै ताकेता गरेका छैनौ,’ उनले भने । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सुमार्गिको सम्पत्तिको स्रोत र वैद्यतामाथि छानविन गरिरहेको छ । वित्तिय र कारोबार कम्पनीहरूको विवरण सबै निकायहरूबाट दुई महिना अधि विभागले संकलन गरेको छ । राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, उद्योग विभाग, कर कार्यालय लगायत सरकारी निकायबाट उनको सम्पत्ति र त्यसको वैधानिकताबारे छानविन गर्न विवरण संकलन गरि अध्ययन गरिरहेको हो । अध्ययन कुन चरणमा रहेको भन्ने विषयमा विभागले खुलाउन चाहेको छैन । विभागले गत पुसमा सुमार्गिको फायल खडा गरी अनुसन्धान थालेको हो । उनका नजिकका नातेदार र आफन्तको विषयमा विवरण संकलन गरिएको छ । अनुसन्धान भइरहेकै बेला केहि सरकारी अधिकारीले पटक पटक उनको लगानी खोल्न प्रयास गरिरहेका छन् ।

    तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको पालामा लगानी खोल्ने गृहकार्य समेत भएको थियो । गत माघमा अर्थ मन्त्रालय र उद्योग विभागले उक्त रकम भित्राउने चाँजोपाँजो मिलाइदिन राष्ट्र बैंकलाई पत्र नै पठाएको थियो । तर उनको सम्पत्ति र लगानी गरेका कम्पनीहरूमाथी छानविन जारी रहेकाले थप लगानी भित्राउने निर्णय गर्न कानुनि अप्ठ्यारो पर्ने भनेर सरकारी अधिकारीहरू पन्छिएपछि लगानी खुला भएन । करिब ४ वर्षअघि सुमार्गीले छुट्टाछुट्टै प्रस्ताव पेस गरी साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डको कम्पनीबाट एफडिआईको रूपमा लगानी रकम ल्याउन लागेका हुन् । फरक–फरक देशबाट विभिन्न प्रतिष्ठानमा लगानी गर्न प्रस्ताव गरेका हुन ।

    मुक्तिश्री सिमेन्ट उद्योगमा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट ४ अर्ब ५० करोड रुपैयाँ ल्याउने प्रस्ताव छ । साइप्रसको एरवेल कम्पनीबाट ६ अर्ब ५० करोड रुपैयाँ दूरसञ्चार कम्पनी नेपाल स्याटलाइटमा ल्याउने अर्को प्रस्ताव हो । सुमार्गीले विदेशबाट ल्याउन खोजेको ऋणको ब्याजसमेत चर्को छ । फरक फरक प्रस्तावमा ५ देखि ६ प्रतिशत व्याजको प्रस्ताब गरिएको छ । उक्त दरमा यहीँ ऋण पाउन सकिने भन्दै विदेशबाटै रकम ल्याउनुपर्ने औचित्य पुष्टि गर्नु पर्ने राष्ट्र बैंकका तर्क छ । नेपालमै नपाए पनि अन्तराष्ट्रिय बजारमा समेत न्यून व्याजदरमा ऋण पाउने अधिकारीहरूको धारणा छ । सुमार्गीको एफडिआई प्रस्ताबमा विदेशबाट ऋण ल्याउनुपर्ने आवश्यकता, ऋण चुक्ता गर्ने आधार, ऋण उपयोग गर्ने क्षेत्र, ऋण स्वीकृतिबाट विनिमय जोखिमको संभावना, ऋण दिने कम्पनीको लेखापरिक्षण, कर्जा स्रोत र समय तालिकाबारे प्रश्न राष्ट्र बैंकले गरेको छ । यसबारेको कागजात उनले पेश गरेका छैनन् । सुमार्गीले एफडीआई ल्याउन लागिएको मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र विदेशमा लगानीका लागि पैसा पठाउन सजिलो र करको स्वर्ग मानिन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.