×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भूकम्प प्रभावित क्षेत्रमा एनजीओ/आईएनजीओ

  •  
  • सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्वासन दिए, वेपत्ता भए

    – सुदीप कैनी, राजेन्द्र मानन्धर, दोलखा/गोरखा
    विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले भूकम्प लगत्तै अति प्रभावित जिल्लाहरूमा पुनर्निमाणको जुन जिम्मा लिएका वा अश्वासन दिएका थिए त्यस अनुसार विल्कुलै काम हुन सकेको छैन । अधिकांश संस्थाहरू प्रस्तावपत्र पेस गरेपछि हराए भने जे जतिले काम गरीरहेका छन् त्यो पनि अत्यन्तै सुस्त छ । यसले गर्दा पुनर्निर्माणमा सघाउन आएका राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाप्रति पीडितहरूको असन्तुष्टि चुलिएको छ ।

    भाद्र ६, २०७३- गोरखा जिल्ला विकास समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिले अन्तर्राष्ट्रिय आप्रवासी संघ (आईओएम) लाई चुम्चेत गाविसको सर्दीखोलामा पुल निर्माण गर्ने जिम्मेवारी दियो । वर्षाअघि नै काम सक्ने गरी ६ महिनाअघि आईओएमका प्रतिनिधिले पुल बनाउने प्रतिबद्धता जनाए पनि जिम्मेवारी पूरा गर्न नसकेपछि उक्त कामको जिम्मा अब बेलायती सहयोग नियोग (डीएफआईडी) लाई दिइएको छ ।

    युनिसेफले जिल्लाका १२ स्वास्थ्य चौकी भवन निर्माण गर्न पाँच महिनाअघि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको थियो । तर अहिलेसम्म काम सुरु नगरेको सम्बद्ध क्षेत्रका स्वास्थ्यकर्मीले जनाएका छन् । ‘भवन निर्माण गरिरहेका एनजीओ/आईएनजीओको काम निकै सुस्त छ,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महेन्द्र अधिकारीले भने ।

    पिपुल इन निड (पिन) नामको आईएनजीओले उत्तरी गोरखाको बाटो निर्माणको काम ६ महिनासम्म पूरा गरेको छैन । पिनलाई पनि आईओएमसँगै जिम्मेवारी दिइएको थियो । कारितास सीआरएसले उत्तरी क्षेत्रमा खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेको काम प्रभावकारी नभएको समितिका एक सदस्यले बताए । ‘आईएनजीओको काम सर्वसाधारणको आवश्यकताभन्दा पनि उनीहरूको इच्छाअनुसार लक्षित छ,’ उनले भने । उत्तरी गोरखाको पैदलमार्ग मर्मतसम्भारको जिम्मा पाएका गैससहरूले जिम्मेवारी पूरा नगर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भूकम्प गएको १५ महिना बितिसके पनि पुनर्निर्माणमा सघाउन आएका संघसंस्थाले देखिने गरी कुनै काम नगरेको सरकारी कार्यालयका प्रमुखहरूको भनाइ छ ।

    खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्था भेटिए पनि देखिने गरी उपलब्धि हासिल हुन नसकेको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख नारायणप्रसाद आचार्यले बताए । ‘सफ्टवेयरको काम गर्न रुचाउने संघसंस्था धेरै छन्, हार्डवेयरका काम गर्न चाहँदैनन्,’ उनले भने ।

    भौतिक पूर्वाधार निर्माणमा केही संघसंस्थाले काम गरे पनि धेरै ढिलासुस्ती भइरहेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । पुनर्निर्माणमा सघाउन आएका राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाप्रति जिल्लावासीको असन्तुष्टि बढदै गएको छ । ‘अहिलेसम्म एनजीओ/आईएनजीओले बोल्न सिकाए, काम गर्न सिकाएनन्,’ चेपाङ अगुवा बिलबहादुर चेपाङले भने ।
    ज्येष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठले पुनर्निर्माणमा फलदायी काम हुन नसकेको गुनासो गरे । उनले भने, ‘एनजीओ/आईएनजीओलाई सरकारले नियन्त्रण गर्न सकेन, छाडा भए ।’ उनीहरूको राहतमा विभेद र राजनीति हुने गरेको उनको आरोप छ । राजनीतिक दल र भ्रातृ संगठन, सामाजिक संघसंस्थाले गैससको गतिविधि नियन्त्रण गर्न पटक–पटक प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

    जिम्मा पाएको काम नगर्ने गैरसरकारी संघसंस्थालाई चेतावनी दिइएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । ‘काम नगर्ने प्रवृत्ति फेरि देखाए उनीहरूको अरू सबै काम रोकिनेछ,’ उनले भने । प्रजिअलाई समेत दबाब र प्रभावमा पारेर कतिपय एनजीओ/आईएनजीओले १५ महिनापछि पनि राहतका नाममा नगद वितरण गरिरहेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले नगद वितरण नगर्ने निर्णय गरिसके पनि सीआरएस, सेभ द चिल्ड्रेन र वल्र्ड भिजन नामक संस्थाले गाउँ–गाउँमा पैसा बाँडेका हुन् ।

    दोलखामा पनि भूकम्पले ठूलो क्षति पुर्‍याएपछि यो गर्छु र त्यो गर्छु भन्ने संघसंस्थाको ओइरो लाग्यो । जिल्ला विकास समितिको तथ्यांकअनुसार भूकम्पपछि ९८ वटा संस्थाले कार्यक्रमबारे प्रस्ताव गरे । तर अधिकांश संस्थाहरू प्रस्तावपत्र पेस गरेपछि हराए । कतिपयले आश्वासनका पोका बोकेर आए, पोका नफुकाई नै बेपत्ता भए ।

    क्रमिक रूपले भूकम्पले ध्वंस पार्दै गएपछि पीडितको खोज, उद्धार र राहतमा सरकार लाचारी बन्नुपरेको अवस्थामा राष्ट्रिय/अन्तर्राष्ट्रिय दाताहरू सारथ बने । खोज र उद्धारका क्रममा उल्लेख्य काम गरेका दातृ निकायहरूको ‘छवि’ राहत कार्यक्रमका मामलामा भने ‘धमिलियो’ । गाविसहरूमा राहत वितरण जिम्मेवारी लिएका केही दाताहरूले गुणस्तरहीन सामग्री दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिबाट स्वीकृति लिएर पीडितको दैलोमा पुगेका कतिपय दातृ निकायले ‘माग्नेलाई तातो भात’ भनेझैं व्यवहार गरे । हेपिएको पीडाका बीच काब्रे र नाम्दु गाविसबाट पीडितले गुणस्तरहीन राहत सामग्रीलाई बहिष्कार गरिदिए ।

    राहत कार्यक्रमपछि पुनर्निर्माण काम गर्न भनेर दातृ निकायले प्रस्ताव ठेली जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाए । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार केहीले उल्लेख्य कार्यक्रम गरिरहेका भए पनि धेरैजसो चाहिँ स्वीकृति लिँदै बेखबर भइरहेका छन् । खासगरी पुनर्निर्माणमा काम गर्नेको प्रगति नदेखिएको उनको भनाइ छ ।

    जिविसको परिस्कृत तथ्यांकमा १३ वटा संघसंस्थाले पुनिर्निर्माणमा काम गर्न थालेको देखिन्छ । जिविसस्थित सामाजिक शाखाका अनुसार तीमध्ये पनि केही भने कामको स्वीकृति लिएर गएपछि सम्पर्कमा छैनन् । बारम्बार सम्पर्कको प्रयास गर्दा पनि बेखबर देखिने संघसंस्थाको खोजी भइरहेको उक्त शाखा प्रमुख नारायण सेढाईंले जानकारी दिए ।

    भूकम्प गएपछि सबैभन्दा बढी शिक्षा क्षेत्रमा सहयोग गर्नेहरू देखिए । विद्यालय भवन निर्माण गर्ने कतिपय निकाय स्वीकृति लिएर बेखबर भएको शिक्षा कार्यालयको रेकर्डमा छ । भूकम्प प्रतिरोधी विद्यालय भवनहरू नक्सा बनाउन शिक्षा विभागले गरेको ढिलासुस्ती र स्वीकृति दिने काममा गरेको आलटालले पनि कामबाट हात झिक्नु परेको एक संस्थाका प्रतिनिधिले बताए । २०७२ वैशाखको भूकम्पपछि झन्डै एक वर्ष शिक्षा विभाग कस्तो विद्यालय भवनहरू बनाउने भनेर टुंगोमा पुग्न नसक्दा परियोजनाको अवधि नै सकिएकाले बेखबर जस्तै हुन बाध्य भएको उनको भनाइ छ ।

    दोलखामा स्वास्थ्य संस्था र गाविस भवन बनाइदिने संस्थाहरू पनि आएका छन् । कृषि र पशुका लागि स्थायी संरचना बनाउने संस्था पनि सञ्चालित छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू क्रियाशील छन् । कतिपयले भूकम्पपीडितका घर बनाइदिनेसम्मको प्रस्ताव गरेर काममा भिडेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.