×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बजेट उडाउँदै क्याथोलिक रिलिफ

  •  
  • शनिबार, साउन २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    शिवप्रसाद उप्रेती

    गोरखा: भूकम्पपछि राहत तथा उद्धारको बहानामा गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) नामको आईएनजीओले होटेल, हलभाडा र सवारीसाधनमा अत्यधिक रकम खर्च गर्ने गरेको छ । सीआरएसले कर्मचारी तलबमा धेरै बजेट सक्ने गरेको छ । यसले होटेल, हल र गाडीमा पनि उल्लेख्य परिमाणमा बजेट सक्ने गरेको छ ।

    जिल्लामा आएका १० ठूला आईएनजीओमध्ये सीआरएस विलासितामा सबैभन्दा धेरै बजेट खर्च गर्ने आईएनजीओका रूपमा परिचित छ । उक्त संस्थाले गोरखा उद्योग वाणिज्य संघलाई चलनचल्तीको भन्दा तेब्बरभन्दा बढी भाडा दिएर संघको सचिवालयमा कार्यालय सञ्चालन गरेको छ । ‘प्रतिष्ठित उद्योगी, व्यापारीको मन जित्न संघमा लगानी गरेको हो’, एक स्थानीयले भने, ‘ठूला व्यापारी, ठूला नेता, ठूला कर्मचारीलाई खुसी बनाएर चैन गर्ने यस्ता संस्थाको पोलिसी हुन्छ ।’

    सीआरएसले संघको सचिवालयलाई मासिक एक लाख ५० हजार रुपैयाँ भाडा तिरेको संघका अध्यक्ष श्रवण जोशी बताउँछन् । सचिवालयमा चार कोठा र एक हल छ । सचिवालयको संरचना आफूअनुकूल मर्मत गर्न सीआरएसले एक वर्षअघि करिब ४५ लाख रुपैयाँ खर्च गरेको थियो ।

    त्यस्तै सीआरएसले नियमित बैठकका लागि गोरखाको नाम चलेको एक होटेलको हल चलनचल्तीभन्दा तेब्बर बढी पैसा तिरेर भाडामा लिएको छ । होटेल गुर्खा इनको हल मासिक एक लाख रुपैयाँ तिरेर भाडामा लिएको हो । करिब ५० जना अट्ने उक्त हल यसअघि कार्यक्रम गर्ने विभिन्न संघसंस्थाले दैनिक दुई हजार रुपैयाँमा भाडा तिर्ने गरेका थिए ।

     

    ‘सबै आईएनजीओले जिल्लामा पाटर्नर एनजीओमार्फत कार्यक्रम गर्ने हो । तर आईएनजीओ किन जिल्लामा अड्डा जमाएर बसेका हुन् ? हामीले बुझेका छैनौं ।’

    सीआरएसले महँगो भाडामा लिए पनि खासै प्रयोग भने नगरेको होटेलले बताएको छ । ‘खासै खुल्दैन’, होटेलका एक कर्मचारीले भने, ‘महिनामा दुईतीनपटक मिटिङ गर्छन् । मिटिङमा पनि १०–१५ जना आउँछन् । खै किन यति महँगो भाडा तिरेर हल भाडामा लिएका हुन्, बुझ्न सकिएन ।’

    होटेल गुर्खा इनको हल भाडामा लिए पनि सीआरएसले कार्यक्रम भने अर्को होटेलमा गर्ने गरेको छ । होटेल मिराकल र होटेल गोरखा क्राउनमा कार्यक्रम गर्ने गरेको हो । एउटै होटेलमा मासिक करिब ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको सम्बन्धित होटेलहरूले जनाएका छन् ।

    स्थानीय तीनवटा साझेदारी संस्थामार्फत फिल्डको कार्यक्रम सञ्चालन गरेको संस्थाले आधा दर्जन स्कोरपियो गाडी र कच्ची बाटोका लागि त्यति नै संख्याका जिप प्रयोग गर्ने गरेको छ । ‘हाम्रो नाममा दाताले बोलेको चार खर्ब रुपैयाँ यसरी नै सकेका छन्’, जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट भन्छन्, ‘हामीले नियन्त्रण गरौं भन्दा पनि माथिल्लो निकायको तागतबाट चलेका हुन्छन् ।’

    जिल्लामा साझेदारी संस्थामार्फत कार्यक्रम गर्ने सरकारी प्रावधान बेवास्ता गरी सीआरएस जिल्लामा अड्डा जमाएर बसेको छ । ‘सबै आईएनजीओले जिल्लामा साझेदारी संस्था (पार्टनर एनजीओ) मार्फत कार्यक्रम गर्ने हो’, जिल्लाका एनजीओ÷आईएनजीओ समन्वय गर्न गठित कार्यदलका सदस्य जिल्ला बन अधिकृत जीवनाथ पौडेल भन्छन्, ‘तर यी आईएनजीओ किन जिल्लामा अड्डा जमाएर बसेका हुन्, हामीले बुझेका छैनौं ।’

    सीआरएसले गोरखामा पद्धति विकास सेवा केन्द्र, स्वाँरा सघन गाउँ विकास केन्द्र र कारितास नेपाल नामका स्थानीय एनजीओ परिचालन गरी कार्यक्रम गर्ने गरेको छ । स्थानीय साझेदारी संस्थामार्फत कर्मचारी नियुक्ति गरी कार्यक्रम गरे पनि सीआरएसले हरेक कार्यक्रमको आफैंले पनि कर्मचारी नियुक्ति गर्ने गरेको पाइएको छ ।

    उक्त संस्थाको समाज कल्याण परिषद्बाट स्वीकृत कार्यक्रम, दाताबाट प्राप्त बजेट, कर्मचारी संख्या र यातायात साधनको संख्याबारे जिज्ञासा राख्दा सीआरएसका जिल्ला कार्यालय प्रमुख स्निग्धा चक्रवर्तीले प्रतिक्रिया दिन मानिनन् । ‘हामी सरकारबाट स्वीकृति लिएर आएका हौं । सबै विवरण सरकारलाई बुझाएका हुन्छौं’, उनले भनिन्, ‘उतैबाट जानकारी लिन सक्नुहुन्छ । हामीले दिन मिल्दैन ।’

    जिल्ला विकास समितिको अनुमतिमा कार्यक्रम गर्ने, सबै विवरण जिविसमा पेस गर्नुपर्ने प्रावधान भए पनि आफूहरूले यस संस्थाको विषयमा कुनै विवरण नपाएको जिविस गोरखाले जनाएको छ ।

    ‘सीआरएसको विवरण हामीसँग केही छैन’, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य भन्छन्, ‘हामीसँग खासै समन्वय गर्दैनन् । विवरण पनि पेस गरेका छैनन् ।’ आईएनजीओले स्थानीय निकायलाई बेवास्ता गर्ने गरेको गुनासो उनले गरे ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.