×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एटीएम चोरीमा अन्तर्राष्ट्रिय गिरोह

  •  
  • आइतबार, साउन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण २३, २०७३- विभिन्न विदेशी बैंकको भिसा र मास्टर कार्डबाट एपेक्स विकास बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटीएम मेसिनबाट निरन्तर पैसा निकालिएपछि कारोबार शंका लागी बैंकले प्रहरीलाई खबर गर्‍यो । पैसा निकालिएका एटीएम बुथमा रहेको सीसीटीभी हेर्दा सबै बैंकबाट एकै व्यक्तिले पटक–पटक रकम निकालेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती व्यक्तिले पैसा निकाल्न प्रयोग गर्ने एटीएम बुथअगाडि सादा पोसाकका प्रहरी खटायो ।

    २०७१ मंसिर ४ मा हिमालन बैंकको एटीएम बुथबाट पैसा निकाल्न आउँदा टर्किस नागरिक मेहत गुलेन पक्राउ परे । दरबारमार्गको होटल उड्ल्यान्डको कोठा नम्बर ३०१ मा बस्ने खुलेपछि कोठामा पुगेको प्रहरीले ३१ लाख रुपैयाँसहित विभिन्न देशका ४२ वटा एटीएम कार्ड र सयभन्दा बढी एटीएमको पिन नम्बर फेला पारेको थियो । २०७३ साउन १८ मा उस्तै प्रकृतिको घटनामा संलग्न रहेको अभियोगमा समातिए रोमानियाका प्रेडा अरुलियन । यो पालि हिमालनसँगै नबिल बैंकको एटीएम बुथ प्रयोग भइरहेका थिए ।

    प्रहरीले उनी बस्ने होटल शंकरमा छापा मार्दा २ लाख ६४ हजार रुपैयाँ र विभिन्न देशका ६४ वटा एटीएम कार्ड फेला पर्‍यो, जुन बेलायत, फ्रान्स, नर्वे, जर्मन, युक्रेन, रुस, इटली, साउथ कोरिया, कोस्टारिका, इन्डोनेसिया र जापानी नागरिकको पिन नम्बर प्रयोग भएका थिए । ‘पिन नम्बर चोरी गरी विदेशी बैंकहरूबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य नेपालमा सक्रिय देखिए,’ प्रेडाबारे अनुसन्धान गरिरहेको ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘अन्य व्यक्ति पनि यस्तो धन्दामा संलग्न रहेको सूचना आइरहेको छ ।’

    विभिन्न देशका नागरिकको मास्टर र भिसा कार्ड प्रयोग गरेर नेपाली एटीएम बुथबाट पैसा निकाल्न सक्रिय गिरोह ३ वर्षदेखि नेपालमा पक्राउ पर्न थालेका हुन् । यसबीचमा प्रहरीले चिनियाँ, टर्किस, रोमानिया, बुल्गेरिया र भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ ।

    २०७१ चैत ११ मा विदेशी मास्टर तथा भिसा कार्ड प्रयोग गरी १ करोड २० लाख रुपैयाँसहित बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्टोभ पक्राउ परेका थिए । काठमाडौं आएर टेम्पल टाइगर अपार्टमेन्टमा छापा मार्दा कोठाबाट १ सय ७८ थान मास्टर कार्ड, म्याग्नेटिक स्ट्रिप कार्ड रिडर र राइटर अमेरिकन डलर, युरो र नेपाली रुपैयाँ फेला परेको थियो ।

    २०७२ कात्तिकमा नबिल बैंकको एटीएम बुथबाट डाटा चोरी गर्दै गरेका बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका थिए । उनले नेपाली एटीएम बुथबाट नेपाली प्रयोगकर्ताको पिन नम्बर संकलन गर्ने प्रयास गरेका थिए । पर्यटकको आवरणमा चोरी डीआईजी सिलवालका अनुसार पक्राउ परेका विदेशी नागरिक पर्यटकको आवरणमा नेपाल आएका थिए । उनीहरू यस्तो अपराधमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको उनले बताए । टर्किस नागरिक घुम्ने बहानामा कात्तिक २७ मा नेपाल आएका थिए । प्रारम्भमा होटल याक एन्ड यतीमा बसेका उनको लक्ष्य नेपालका पर्यटकीय क्षेत्र घुमघामभन्दा एटीएम बुथ केन्द्रित थियो ।

    रोमानियाका नागरिक प्रेडा पटक–पटक गरी चार पटक नेपाल आइसकेका छन् । एक वर्षअगाडि ३ पटक नेपाल आएर यसरी नै पैसा निकालेर सहजै फर्किएका उनी चौथो प्रयासमा पक्राउ परेका हुन् ।

    उनी चौथो पटक जेठमा पर्यटकीय भिसामा काठमाडौं आएर युरोप र अमेरिकामा रहेका समूहले पठाएको चोरीको पिन नम्बर प्रयोग गरेर नेपालको एटीएम बुथबाट रकम निकाल्न सक्रिय थिए । नेपालमा पक्राउ परेका अभियुक्तको बयानअनुसार उनीहरू चोरिएको पिन नम्बरका आधारमा पैसा चोर्न थाइल्यान्ड, कतार, भारत, इन्डोनेसिया, कम्बोडिया, बोलेभिया, पपुवान्युगिनी र नेपाल आउने गरेको खुलेको छ ।

    नेपालका बैंकले प्रयोगमा ल्याएका म्याग्नेटिक स्ट्रिप सिस्टमका एटीएम मेसिनबाट पिन चोरी गरिएको भिसा र मास्टर कार्डबाट विभिन्न देशको बैंकको खाताबाट सहजै पैसा निकाल्न सकिने भएपछि चोरी र ठगीमा संलग्न अन्तर्राष्ट्रिय समूहका सदस्यले अन्य देशसँगै नेपाललाई समेत आफ्नो भ्रमण सूचीमा राखेको देखिएको डीआईजी सिलवालले बताए ।

    विदेशी बैंकबाट पैसा निकाल्ने र नेपाली बैंकले सहजै पैसा पाउने भएकाले धेरै केस प्रहरीकोमा नआउँदा नेपालमा सक्रिय समूहका अन्य सदस्य पहिल्याउन कठिन रहेको ब्युरोका अधिकारीले बताए । गुलेन थाइल्यान्ड, कतार, भारतका एटीएम मेसिनबाट पैसा निकाल्दै नेपाल आइपुगेका थिए । साउन १८ मा पक्राउ परेका प्रेडा इन्डोनेसिया, कम्बोडिया, बोलेभिया, पपुवान्युगिनी र थाइल्यान्डका एटीएम बुथबाट चोरिएका पिनबाट पैसा निकाल्दै नेपाल छिरेका थिए । नेपालमा उनका अर्का सहयोगीसमेत रहेको खुले पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    दुई वर्षअगाडि पक्राउ परेका गुलेनको बयानमा उनको गिरोहको एक सदस्य विभिन्न देशको एटीएम मेसिनबाट पिन र गोप्य नम्बर चोरी गर्ने र गिरोहका अर्को सदस्य एटीएम मेसिनको कमजोर सुरक्षा प्रणाली रहेको देश घुम्न गएर पैसा निकाल्ने गरेको खुलेको थियो ।

    पिन चोरीमा संलग्न समूहले पेट्रोल पम्प, सपिङ मललगायत स्थानमा विशेष प्रकृतिको सफ्टवेयर प्रयोग गरी इलेक्ट्रोनिक म्याग्नेटिक स्ट्रिप कार्डमार्फत ग्राहकको सबै विवरण संकलन गरी अर्को समूहलाई दिने र अर्को समूहका सदस्य विभिन्न देश घुम्दै रित्तो एटीएम कार्ड वा गिफ्ट कार्डमा सो पिन नम्बर राखेर पैसा निकालेर स्वदेश फर्कने गरेको अनुसन्धानमा संलग्न ब्युरो अधिकारीले जानकारी दिए ।

    पेट्रोका बयानअनुसार चोरिएको पिन नम्बर प्रयोग गरेर निकालेको पैसा पिन र गोप्य नम्बर चोरी गर्नेले ७० प्रतिशत र रकम निकाल्नेले ३० प्रतिशत पाउँछन् ।

    चोरीको पिन प्रयोग गरी पैसा निकाल्नेहरू बढी ठमेल र दरबारमार्ग क्षेत्रमा सक्रिय देखिएका छन् । अहिलेसम्म पक्राउ परेकाले उक्त क्षेत्रका हिमालयन र नबिल बैंकको एटीएम बुथ बढी प्रयोग गर्ने गरेको र त्यहाँबाट निकालेको नेपाली रुपैयाँ त्यही क्षेत्रको मनिचेन्जरमा साटेर युरो र अमेरिकी डलर लिने गरेका थिए ।

    नेपाली पनि संलग्न
    अर्काको एटीएम कार्डको पिन र गोप्य नम्बर चोरी गरी रकम निकालेको अभियोगमा नेपाली नागरिकसमेत पक्राउ पर्ने गरेका छन् । यसरी पक्राउ परेकाले विदेशी नागरिकझैं एटीएम बुथबाट पिन चोरी नगरी बैंककै कर्मचारीको संलग्नतामा पिन र गोप्य नम्बर चोरी भएका थिए ।

    हिमालयन बैंकका आईटी शाखामा काम गर्ने अनिशभक्त सुवालले अर्काको पिन प्रयोग गरी ५ करोड निकालेका थिए । नबिल बैंकका कर्मचारी नवीन रिमालले ग्राहकको पिन चोरी गरी नक्कली एटीएम कार्डमार्फत ८० लाख रुपैयाँ निकालेको खुलेपछि बैंकहरूले एटीएम कार्डको सुरक्षा प्रणालीमा सुधार गरी चिप्स प्रविधि भित्र्याएका थिए ।

    नेपालका एटीएम मेसिनको कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय समूहका सदस्य नेपाल आउने गरेको खुलेपछि ब्युरोले राष्ट्र बैंकलाई यसको जानकारी गराएको सिलवालले बताए । ‘सबै प्रणाली परिवर्तन गर्न २ वर्ष लाग्छ भन्ने जानकारी आएकाले जोखिम देखियो,’ सिलवालले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.