×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एसपी किरण, जसले नाम जस्तै काम गरिन्

  •  
  • शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण अधिकारी/उज्यालो ।

    काठमाडौं, साउन २१ – ‘मैले हासिल गरेको ज्ञानलाई प्रयोग गरेर महिला बालबालिका तथा मानव बेचविखनको क्षेत्रमा अनुसन्धान गर्ने रहर अझै छ । ठूलो अन्तर्राष्ट्रिय गिरोहहरुलाई पक्रनु छ । मैले देखेको छु, सुनेको छु, यस क्षेत्रमा अझै ठूलो गिरोह छ । त्यसको पर्दा च्यात्न एसपी किरण तयार छ ।’ किरण, जसले धर्तीमा उज्यालो छर्छ । त्यही किरण अर्थात मानव बेचविखन विरुद्धका नायक एसपी किरण बज्राचार्य । जसले धर्तीमा उज्यालो मात्र छरेनन् । मानव तस्करको जालोको पर्दा च्यातेर कयौं नेपाली चेलीको पुनर्जीवन पनि गराए । जसको ख्याती यतिमा मात्र सीमित रहेन । विश्वभरका १ सय ८० मलुकका प्रतिस्पर्धीलाई पछि पार्दै मानव बेचविखन विरुद्धको वर्ष हिरो भइन् किरण ।

    नेपाल प्रहरीका एसपी तथा भक्तपुर प्रहरी प्रमुख किरण बज्राचार्यले हरेक वर्ष अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने मानव बेचविखन विरुद्धको वर्ष हिरो २०१६ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा उहाँले गरेको कामले विश्वभर चर्चा पायो र उहाँलाई यो अन्तर्राष्ट्रिय अवार्डको ढोकासम्म पु¥याएको थियो ।

    एसपी किरण बज्राचार्यले सन् २०१३ देखि २०१५ सम्म केन्द्रीय अनुसन्धान व्युरोमा रहँदा गरेको कामबाट उहाँले यो सम्मानित अवार्ड पाउनुभएको हो । व्यूरोमा रहँदा पिलर नम्बर ३ को प्रमुख रहनुभएका बज्राचार्यले मानव तस्करको जालोको पर्दा च्यात्नु भएको थियो ।

    यसरी पाइयो अवार्ड

    केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा किरणले नयाँ ढंगले अप्रेशन थाल्नुभएको थियो । अहिलेसम्म मुम्बई र दिल्लीका कोठीमा मात्र नेपाली चेली बेचबिखन भएका तथ्य थिए । किरणको अनुसन्धानले त्यसलाई गलत सावित गर्‍यो ।

    ‘मानव बेचविखनको संख्या यति मात्र छैन भन्ने लाग्यो र नयाँ ढंगले अनुसन्धान सुरु गरेँ’ एसपी बज्राचार्यले भन्नुभयो ‘जसले गर्दा चीन, कोरिया दुवै, तान्जेनिया जस्ता देशमा हुने गरेको मानव तस्करको जालो च्यात्न सफल भएँ ।’

    उहाँको अप्रेशनले कोरिया र चीनमा नेपाली महिला बेच्ने गरेको नयाँ तथ्य फेला पा¥यो । चिनियाँ र कोरियन नागरिकसँग नेपाली महिलाको बिबाह दर्ता बनाउने र तस्कर हुने गरेको सुइँको किरणले पाउनुभयो । म्यारिज व्यूरोले बिवाह दर्ता बनाउने र चीन तथा कोरिया पठाउने गरेको सुइँको पाउनुभएकी किरणले काठमाडौंको चुनदेवीमा रहेको छेरु म्यारिज ब्युरोबाट यो काम हुन गरेको सूचना पाउनुभयो ।

    म्यारिज व्यूरोमा किरणको टोलीले छापा मार्दा चीन लैजान ठीक्क पारिएका ६ जना युवतीसहित म्यारिज ब्युरोकी सञ्चालिका छेरु तामाङ पक्राउ परिन् । नेपाली युवती तस्करी गर्ने गिरोहका एक सदस्य कोरियन नागरिक पनि म्यारिज व्यूरोबाटै पक्राउ परे । त्यसपछि चीनमा नेपाली युवती बिक्री हुने गरेको सरकारका कुनै पनि निकायले सुइँको नपाएको गम्भीर रहस्य खुलेको थियो ।

    त्यही समूहले लगेर बिक्री गरेको एक युवतीलाई प्रहरी टोलीले उद्धार गर्यो । त्यहाँ अरु पाँचजना युवतीहरुको भने उद्धार हुन सकेन । कोरियन नागरिक र नेपाली महिलालाई अदालतले १५ वर्ष जेल सजाय तोकेको छ ।प्रहरीको सेवाको २१ वर्षे लामो समय मानव बेचविखन विरुद्ध खर्चिनुभएका किरणले एकपछि अर्को सफलता हात पार्नुभयो । जसले उहाँलाई पुरस्कार मात्र दिएन अन्तर्राष्ट्रिय स्तरमा चिनायो । ‘मैले त मेरो ड्युटी गरेँ भनेर सामान्य रुपमा लिएको थिएँ । तर अमेरिकी विदेश मन्त्री जोन केरीको हातबाट पुरस्कार पाएँ, यसले मलाई थप हौसला मिलेको छ’ एसपी किरणले भन्नुभयो ।

    एसपी किरणको अर्को चर्चित अप्रेशन हो तान्जेनिया र दुबई । नेपाली केटीलाई भारतको बाटो हुँदैं पु¥याइन्थ्यो खाडीमुलुक । स्वीपर र व्युटिसियनको भिषामा लाने र यौन शोषण गर्ने सुँइको पाउनुभएकी एसपी किरणले यो अपराधको पनि पर्दा च्यात्नुभयो । अहिले यो अपराधका ११ जना अपराधीहरु पुर्पक्षका लागि थुनामा छन् । मानव तस्कर विरुद्धको आफ्नो अठोट अझैपनि रहेको उहाँको भनाई छ ।

    नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण

    सानैदेखि फुटवल खेल्ने किरणले फुटबल स्किललाई पनि निर्खादै लानुभएको थियो । पहिलो पटक २०४१ सालमा वीरगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी किरण जर्सी नम्बर ११ मा मैदानमा उत्रनुभयो ।

    त्यसपछि बुटवलमा भएको राष्ट्रिय प्रतयोगितामा लुम्बिनी अञ्चलबाट उहाँ मैदानमा उत्रनुभयो । त्यसबेला लुम्बिनीले बागमती अञ्चललाई हराउँदै स्वर्ण पदक जितेको थियो । त्यसबेला उहाँले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभएको थियो ।

    २०४३ सालमा महिला राष्ट्रिय फुटवल टिमका छनोट हुनुभएकी किरणले अन्तर्राष्ट्रिय खेल खेल खेल्न फिलिपिन्स, भारतलगायतका देशमा जानुभएको थियो । प्रहरी भएपछि पनि उहाँ एकपटक फुटबल खेल्न फिलिपिन्स जानुभएको थियो । फुटवल भन्दा पनि प्रहरी करिअरप्रति लगाव भएपछि उहाँले बिस्तारै फुटबल खेल्न छाड्नुभयो ।

    फुटबल खेलाडी कसरी प्रहरी ?

    पाल्पा तानसेनका किरणको घर जिल्ला प्रहरी कार्यालय नजिकै थियो । उहाँ बिहान बेलुका फुटबल खेल्न जाँदा प्रहरीहरु परेड खेलेको देख्नुहुन्थ्यो । ‘प्रहरीको ग्ल्यामर युनिफर्म र पिटी परेडले मलाई तान्यो’ उहाँले भन्नुभयो, ‘केही वर्ष अघिदेखि नै तयारी गरेको थिएँ । अठोट पूरा भयो ।’

    २०५० सालमा प्रहरी निरीक्षकमा भर्ना खुलेपछि प्रमाणपत्र बोकेर काठमाडौं आउनु भएकी किरण २०५१ सालमा प्रहरी निरीक्षक हुनुभयो । त्यसबेला उहाँसहित ४ महिला प्रहरी निरीक्षक भएका थिए । उहाँ प्रहरी हँुदा न कोही उत्साहित थिए न कोही दुखी, उहाँलाई केवल मौन समर्थन रहेको थियो ।

    ५०/६० जना पुरुष प्रहरीमा महिलाले कसरी काम गरेँ ?

    जागिर खाएपछिका सुरुका वर्षमा किरण महिला बालबालिका तथा सेवा निर्देशनालयमा रहनुभयो । निर्देशनालयमा रहँदाको एउटा क्षण सम्झँदै उहाँले भन्नुभयो, ‘एकजना पुरुष प्रहरी हबल्दार पनि थपिन आएका थिए । पुरुष हबल्दार एक दिन गुनासो गर्न आएका थिए । महिला नै महिला भएको ठाउँमा काम गर्न गाह्रो हुँदो रहेछ । अन्त सरुवा हुन प¥र्यो नभए जागिर छोड्छु म भनेर म भए ठाउँमा आए’ एसपी बज्राचार्यले भन्नुभयो, ‘मैले ५०/६० जना पुरुष प्रहरी भएका ठाउँमा दुई तीन जना महिलाले कसरी काम गरेका छन ? भनेपछि उहाँ फकर्नुभयो ।’ हक्की स्वाभाव र छोटो कपाल हुनुभएकी एसपी बज्राचार्यलाई सुरु सुरुमा देख्ने जोकोही पनि पुरुष भनेर झुक्क्निछन् । हुन पनि उहाँका केटी भन्दा पनि केटा साथी नै बढी छन् । सानैदेखि निडर र हक्की स्वाभावकी किरण प्रहरीको जागिरले आफ्नो स्वभावलाई झन हक्की बनाएको ठान्नुहुन्छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.