×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कोसी ब्यारेज आतंकवादीको निशानामा परेको हो?

  •  
  • बुधबार, साउन १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हिमाल दाहाल

     

    २०६५ भदौ २ गते सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेर हजारौं नेपाली र भारतीय नागरिकहरूको घर बाढीले बगाइरहँदा नेपाल भने गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री चुनेको खुसीयाली मनाउँदै थियो। तटबन्ध फुटेको तीन दिनअघि मात्र पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका थिए।
    आठ वर्षपछि फेरि एकपटक प्रचण्ड प्रधानमन्त्री हुने चर्चा चलिरहेको छ। भदौ २ गते पनि नजिकिँदो छ। त्यसबीचमै अर्को संयोग पनि जुरेको छ, कोसीको ब्यारेज नै विष्फोट गराउने हल्ला।
    सुनसरी र सप्तरीलाई बिहारको सुपौल जिल्लाका डीएमले पत्र लेखेर मुस्लिम अतिवादी समूहले महत्वपूर्ण प्रतिष्ठानलाई निसाना गरेको संकेत पाएको र त्यसमा कोसी ब्यारेज पनि पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।
    उक्त पत्रमा ब्यारेजलाई लस्करे तोइबा, जयस ए महमद र इन्डियन मुजाहिद्दिनले निसानामा पारेको लेखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दि ।
    सुरक्षा कडा
    यो विषयमा भारत सरकारले नेपाललाई पत्राचारसमेत गरिसकेको चापागार्इं बताउँछन्। ‘दूतावासले गरेको पत्राचारका आधारमा गृहमन्त्रालयमार्फत् पनि आफूहरूलाई यो विषयको बारेमा जानकारी आएको छ,’ उनले भने, ‘त्यसअघि नै हामीले सुरक्षा सतर्कता बढाइसकेका थियौं।’
    स्थानीय प्रशासनले कोसी ब्यारेज भएर आउजाउ गर्ने सवारी साधन चेकजाँचमा कडाई गर्नुका साथै कोसी ब्यारेज छेउछाउ माछा मार्न र दाउरा निकाल्न पूर्ण प्रतिबन्ध लगाएको छ।
    चापागाईंकाअनुसार पत्र पाएलगत्तै पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको बैठक बसेर साउन ५ गतेदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको थियो। अहिले कोसी ब्यारेजमा १३ जना प्रहरीहरू खटाइएको छ भने सशस्त्र प्रहरीले समेत ११ जनालाई तैनाथ गरेको छ। ब्यारेजमै जोडेर सशस्त्रको प्रहरी पोष्ट पहिलो पटक राखिँदैछ। सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको सवारीले नियमित गस्तीसमेत गरिरहेको छ।
    पत्रमा शंका
    आतंकवादी संगठनले धम्की दिएको भनिए पनि नेपालीहरूले भने शंका गरेका छन्। भारतले आफ्ना सुरक्षाकर्मी नेपाल ल्याउने उद्देश्यका साथ फैलाएको हल्लाका रुपमा यो घटनालाई लिएका छन्।
    किनकि आतंकवादी संगठनले नेपालको ब्यारेज भत्काउनुपर्ने कुनै कारण देखिँदैन। ब्यारेज भारत नियन्त्रित भए पनि भारतलाई दुःख दिन नेपालको कुनै संरचना भत्काउन आतंकवादी संगठन नेपाल छिर्ने कुरालाई धेरैले अफवाह मात्र मानेका छन्। यही बहानामा भारतीय सुरक्षाकर्मी नेपाल पस्ने हो कि भन्ने चिन्ता गर्न थालेका छन्।
    मंगलबार पनि प्रमुख जिल्ला अधिकारी चापागाईंलाई एक इटहरीवासीले फोन गर्दै ब्यारेजमा नेपाली सुरक्षाकर्मी बढाउन तर भारतीय सुरक्षाकर्मीलाई प्रवेश निषेध गर्न आग्रह गरेका थिए। फेसबुकमार्फत् पनि भारतको नयाँ चालका रुपमा धेरैले विरोध गरेका छन्।
    केहीले भने यो घटनालाई भारतले निकै अघिदेखि बनाउन चाहेको उच्च बाँधसँग जोडेर हेरेका छन्। सप्तकोसीमा उच्च बाँध भारतको अभिष्ट भएर रहेको छ।
    सप्तकोसीको बाँध फुट्दा 
    कोसीमा बाढी आएपिच्छे वर्षेनी कोसी किनारमा बस्ने सुनसरी र सप्तरीका बासिन्दा भदौ २ को त्रासदीपूर्ण घटना सम्झन्छन्। तटबन्ध भत्काएर आएको उक्त बाढीबाट श्रीपुर, हरीपुर र पश्चिम कुशाहाका ५० हजार बढी मानिस विस्थापित भएका थिए भने सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो। महेन्द्र राजमार्ग नै बगाएपछि यातायातको लागि चतरामा फेरी राखेर सञ्चालनमा ल्याइएको थियो ।
    त्यसबेला प्रधानमन्त्री बनेका दाहाल र कोसी प्रभावित क्षेत्रबाट जितेर गएका सांसद उपेन्द्र यादवले आफूहरूको उद्धार तथा राहतमा चासो नदिएको र बाढीग्रस्त क्षेत्रमा नआएको गुनासो बाढी पीडितहरूले गरेका थिए। नेपालकै प्रमुख आर्थिक तथा प्रशासनिक क्षेत्रमा आएको बाढी र यातायात तथा विद्युत् अवरोधबाट यहाँका पाँच सय बढी उद्योग बन्द भएको उद्योगी व्यवसायी बताउँछन्।
    त्यतिखेर कोसी तटबन्ध फुट्नुलाई भारतले मर्मतमा गरेको लापरबाहीको परिणाम मानिएको थियो। नेपाल–भारत सम्झौताअनुसार बनाइएको कोसी ब्यारेजको मर्मत र नियन्त्रण भारतको जिम्मामा छ। कोसी तटबन्ध फुटेयता तटबन्धको सुरक्षामा भारतले अलि बढी चासो दिन थालेको छ।
    किनकि कोसी फुट्दा आएको बाढीबाट नेपालमाभन्दा तीन गुणा बढी क्षति भारतको बिहारमा भएको थियो।
    भारतमा बढी चिन्ता
    ब्यारेजमा ५२ ढोका छन्। भारतीयहरू कम ढोका खोल्न र बाढीबाट बचाउन दबाब दिन्छन् भने कोसी किनारमा बस्नेहरू धेरै ढोका खुलेर पानीले सहज निकास पाओस् भन्ने चाहन्छन्।
    यो वर्ष कोसीमा दुई लाख ८० हजार क्युसेक बहाव रहँदा ३६ वटा ढोका खोलिएको थियो। उता बिहारका अररिया, सुपौललगायतका जिल्लाका हजारौं घर डुबानमा परेको त्यहाँका बासिन्दाले बताएका छन्।
    बाढी आएपछि मंगलबार बिहारका अररिया तथा सुपौलबाट केही भारतीयहरू कोसी ब्यारेजको अवस्था हेर्न आएका थिए। अररियाबाट आएका तबरेज आलमले आफ्नो जिल्लामा कोसीको पानीबाट ठूलो क्षति बताएका छन्।
    सुपौलबाट आएका अब्दुल रदिफ पनि तीन घण्टाको बस यात्रापछि ब्यारेज हेर्न आएको बताउँदै थिए। दिउँसो भारतीय बस, टेम्पो र कार, जीप गरेर झण्डै तीन दर्जन सवारी साधनहरु ब्यारेजमा देखिएका थिए। तर, भारतबाट आएका कसैलाई पनि अतिवादीहरुले ब्यारेज भत्काउने चेतावनी दिएकोबारे चाहिँ थाहा थिएन।
    ५० वर्ष भनिएको ब्यारेजको आयु ६० वर्ष नाघिसकेको छ। नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भए पनि अधिक मात्रामा बालुवा थुप्रिएको कारण थोरै पानीले पनि ब्यारेज र तटबन्धमा बढी खतरा उत्पन्न गर्छ। सप्तकोसी दक्षिण एसियामै बढी बालुवा बोक्ने नदीहरूमध्ये पर्छ। त्यसैले बढ्दो उमेर, बालुवाको थुप्रो र मर्मतको लापरबाहीबाट मात्रै ब्यारेजलाई खतरा देखिन्छ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.