×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २४ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

संकटमा सिन्धुपाल्चोक

  •  
  • शनिबार, साउन ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण १, २०७३- भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो– सिन्धुपाल्चोक । २०७१ साउनमा जुरे पहिरो, २०७२ वैशाखमा भूकम्प र २०७३ असारमा भोटेकोसीको बाढीले पुर्‍याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई नै संकटमा पारेको छ ।

    यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक भौतिक संरचना ध्वस्त छन् । क्षतिको प्रकृति हेर्दा तत्कालै पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा लैजान सकिने सम्भावना देखिँदैन । जिल्लाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक गतिविधिको मूल आधार नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाका १५ महिनादेखि बन्द छ । नाका बन्द हुँदा हजारौंले रोजगारी गुमाए नै अर्बौं पुँजी पनि पलायन भएको छ ।

    सडक, विद्युत् आयोजना, विद्यालय, गाविस भवन, गुम्बा, मन्दिर, होटल तथा साना उद्योगहरू भूकम्पले भत्काएका छन् । जलविद्युत् तथा होटल व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेको छ । निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका लगानीकर्ताहरू पनि अलमलमा छन् ।

    भूकम्पले जिल्लाका धेरै स्थानमा जमिन चिरा परेको छ । वर्षैपिच्छे पहिरोले बगाउँदा गाउँहरू मानवबस्तीविहीन बन्दै गएका छन् । भोटेकोसी, सुनकोसी र ब्रहमायणी नदी करिडोर बाढीपहिरोको बढी जोखिममा देखिएका छन् । पुख्र्यौली थलो छाडेर विस्थापित हुनेहरू बढदै जाँदा खेतीयोग्य जमिन बाँझै बस्न थालेको छ । लगातारको प्राकृतिक प्रकोपले जिल्लाको आर्थिक गतिविधि तहसनहस भएको छ ।

    सर्वाधिक क्षति
    सुनकोसी थुनिने गरी २०७१ साउनमा गएको जुरेपहिरोले बस्ती बगाउँदा १ सय ४५ जनाको मृत्यु भएको थियो । राम्चे र माङ्खा गाविसको बस्तीकै अस्तित्व समाप्त हुने गरी पहिरो गएको थियो । पहिरोको खतरा कायम रहेकाले उक्त बस्तीहरूमा अहिले पनि पुन: बसोबास र खेतीपातीको सम्भावना छैन । विस्थापितहरू अझै सार्वजनिक जग्गामा छाप्रोमा बस्दै आएका छन् । २०७१ भदौमा महांकलमा आएको पहिरोमा परेर ६ जनाले ज्यान गुमाए भने त्यसै महिना बराम्चीमा आएको पहिरोमा ५ जनाको मृत्यु भयो ।

    जुरेको पीडा नभुल्दै भूकम्पमा परी जिल्लाका ३ हजार ५ सय ७५ जनाले ज्यान गुमाए । भूकम्पमा मुलुकभर भएको मानवीय क्षतिको अनुपातमा हेर्दा झन्डै ४५ प्रतिशतको मृत्यु सिन्धुपाल्चोकमै भएको थियो । २०६८ को जनगणनाअनुसार जिल्लामा ६६ हजार ५ सय ४० घरधुरी छन् । त्यसमध्ये भूकम्पबाट ९५ प्रतिशत घरधुरी क्षतिग्रस्त भए । पाँच सय ४७ विद्यालय भवन भत्किए । सयौं घाइते भए ।

    फाट्टफुट्टबाहेक ध्वस्त भएका घरहरू बनेका छैनन् । हजारौं परिवार छाप्रो र टहरामा कष्टकर जीवन बिताइरहेका छन् । २० गाविसका बासिन्दा विस्थापित भएका छन् ।

    भूकम्पका कारण विस्थापित भएर हिउँदमा घर फर्केकाहरूले वर्षा लाग्नेबित्तिकै फेरि गाउँ छाड्न थालेका छन् । चीनको सीमा सुनकोसी र भोटेकोसी करिडोर आसपासका बस्तीहरू, बरुवा, भोताङ, सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बासखर्कलगायत गाविसका बासिन्दा सबैभन्दा बढी पहिरोको चपेटामा छन् ।

    यो क्षेत्रमा ६८ गाविस र २ नगरपालिका छन् । सदरमुकाम चौतारालगायत अरनिको र हेलम्बु राजमार्गका बाह्रबिसे, मेलम्ची, लामोसाँघु, सुकुटे, बलेफी, सिपाघाट, कोठेलगायत बजारको अस्तित्व नै मेटिने आशंका गरिएको छ ।

    भूकम्पले क्षतविक्षत भएको नाका नतंग्रिँदै गत साता आएको बाढीले सीमा क्षेत्रको अस्तित्व नै मेटिने गरी सडक तथा निजी घरहरू भोटेकोसीमा मिसिएको छ । सीमाका ७० भन्दा बढी घरहरू भोटकोसीले बगाएको छ । नाका सञ्चालनका लागि पहल भइरहेका बेला सीमा बजार र सडक क्षतविक्षत भएको हो । यसको पुनर्निर्माण तत्कालै हुने सम्भावना छैन । सीमा क्षेत्रको लिपिङमा बसोबास गर्न नसक्ने अवस्था छ । त्यहाँबाट सय परिवार विस्थापित भएका छन् ।

    आर्थिक आधार ध्वस्त
    जिल्ला विकास समितिले आर्थिक वर्ष २०६६/६७ मा सिन्धुपाल्चोक समृद्धिका आधार जलस्रोत, कृषि, पर्यटन र व्यापार भन्ने मूल नारा तय गरेको थियो । जिल्लामा उपलब्ध स्रोत र सम्भावनालाई आधार बनाएर उक्त नारा तय गरिएको थियो ।

    तर, भूकम्प र बाढीपहिरोले जिल्लाको आर्थिक समृद्धिका आधार भत्काएको छ । करिब ७२ मेगावाट उत्पादन गरिरहेका सातवटा विद्युत् आयोजना भूकम्पपछि बन्द भए । आयोजनाको अर्बौं रुपैयाँ नोक्सानी भएको थियो । निर्माणाधीन मध्य भोटेकोसी, माथिल्लो चाकु, मुनलाइटलगायत आयोजनाको पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले पुर्‍याएको क्षति पुनर्निर्माण गर्दागर्दै अघिल्लो मंगलबार भोटेकोसीमा आएको बाढीका कारण आयोजनालाई थप क्षति पुर्‍याएको छ ।

    भोटेकोसी र मध्य भोटेकोसीका बाँध, विद्युत् गृह, आवास भवनहरूमा बाढीले क्षति पुर्‍याएको छ । यसले गर्दा लगानीकर्ताको आकर्षण घटेको छ । निर्माणाधीन २२ मेगावाटको माथिल्लो चाकु आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजू भन्छन्, ‘अहिलेको अवस्थाले हतोत्साही बनाएको छ ।’

    तर, राजनीति नेतृत्वले चाहेमा जिल्लाको सम्भावना कायम राख्न सकिने उनको भनाइ छ । प्रारम्भिक सर्वेक्षणअनुसार तत्काल १ हजारभन्दा बढी मेगावाटका आयोजना निर्माणको सम्भावना देखिएको छ । हाल दुई सय ५० भन्दा बढीका आयोजना निर्माणको चरणमा छन् ।

    उत्पादन दिइरहेको आयोजनाबाट जिविसले बर्सेनि सवा दुई करोड विद्युत् रोयल्टी लिँदै आएको थियो । उक्त रोयल्टी राजनीतिक दलहरूको सहमतिमा जिविसले स्थानीय विकासमा खर्च गर्दै आएको छ । विद्युत् आयोजना क्षतिग्रस्त हुँदा र नयाँ निर्माण रोकिँदा जिविसले पाउने स्रोत बन्द हुनेछ ।

    भूकम्पले जिल्लाको पर्यटन व्यवसाय पनि ध्वस्त बनाएको छ । तिब्बतको मानसरोवर जाने भारतीय पर्यटक भित्र्याउने अपेक्षामा करोडौंको लगानीमा खुलेका होटलहरूका भवन भत्केका छन् । भूकम्पपछि मर्मत सुरु गरिएका तातोपानीका होटललाई भोटेकोसीको बाढीले थप क्षति पुर्‍याएको छ ।

    सीमा जोड्ने राजमार्ग नै क्षतविक्षत भएपछि चीनसँगको आवतजावत नै बन्द भएको छ । कोदारी इको रिसोर्ट, फेमिली, स्मल हेवनलगायत करोडौं खर्चेर सीमामा बनेका होटलमा ताला मात्र लागेको छैन, भौतिक रूपमा क्षतविक्षत भएको छ । बर्सेनि हजारौं तीर्थयात्रीले नुहाउने तातोपानी धाराको केही भाग भोटेकोसीको बाढीले बगाएको छ ।

    नेपाल–तिब्बत युद्धका समयमा विसं १९१२ मा तातोपानीमा बनेको गढी भूकम्पमा भासिएको छ । इतिहासको साक्षीका रूपमा दुगुनागढीको नामबाट परिचित गढी ध्वस्त भएपछि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको योजना रद्द भएको छ । यहाँको नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी भारतीय पर्यटक मानसरोवर जाने गरेका थिए ।

    पर्यटकलाई गढी आवतजावत गराउने उद्देश्यले २५ करोडभन्दा बढीको लगानीमा दुगुनामा सञ्चालन गर्न लागेको बज्र इको रिसोर्ट बन्द छ । रिसोर्ट कम्पनीका अध्यक्ष रामकाजी पौडेल नयाँ ढंगले पुनर्संरचना नगर्ने हो भने सीमा क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने निश्चित भएको बताउँछन् । ‘भूकम्प र बाढी सधंै आउने चिज होइनन् । यसैले यस्ता प्रकोपबाट जोगिन सरकारले सही योजना बनाएर कार्यान्वयन गर्नु आवश्यक छ,’ पौडेल भन्छन् ।

    गढीमा आऊजाऊ गर्न जर्मन प्रविधिको मोनो–रेल सञ्चालन योजना अलपत्र भएको छ । राजधानीको नजिकको ट्रेकिङ रुटको रूपमा परिचित जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुका सबैजसो घरहरू भत्केका छन् । हेलम्बु क्षेत्रको शेर्माथाङ, तार्केघ्याङ र मेलम्चीघ्याङ पर्यटक आकर्षणको मुख्य स्थान हुन् । पर्यटकहरू विशेषत: हेलम्बुको संस्कृति, भान्सा सजावट, गुम्बाहरू, हिमाली दृश्य, शेर्पा समुदायको आतिथ्यतासहितको होमस्टेमा रमाउने गर्छन् । भूकम्पले हेलम्बुका बस्तीहरू नै ध्वस्त पारेपछि पर्यटक भिघ्याउन सकेको छैन ।

    सुनकोसी र भोटेकोसीमा सञ्चालन हुने र्‍याफटिङ व्यवसायले बाह्य मात्र होइन, आन्तरिक पर्यटन व्यवसाय फस्टाउँदै गएको अवस्थामा बाढी र भूकम्पले यसलाई पनि पछाडि धकेलेको छ ।

    जिल्लाको अािर्थक गतिविधिको मुख्य केन्द्र तातोपानी नाका बन्द भएपछि हजारौं जनाले रोजगारी गुमाएका छन् । भूकम्पका कारण थिलथिलो बनेको सीमामा पछिल्लो समय चहलपहल बढ्न लागेकै बेला आएको बाढीले थप नोक्सानी गरेको छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानीको २६ किलोमिटर सडकखण्डलाई बाढीले छियाछिया बनाएको छ ।

    सीमा जोडिएका लिपिङ, कोदारी र तातोपानी बजारको अस्तित्व नै संकटमा परेको छ । बाढीले सीमाका ६६ घर बगाइसकेको छ भने भोटेकोसीले सडक र आवास क्षेत्रको कटान गरिरहेको छ । बाढीले भोटेकोसीको सतह बढदै गएकाले सीमाका बासिन्दा त्रासमा बाँचिरहेका छन् ।

    बर्सेनि ५ अर्बभन्दा बढी राजस्व संकलन हुने तातोपानी नाका बन्द भएपछि व्यवसायीहरू सीमाबाट पलायन भएका छन् । सधैं चहलपहल हुने नाका आजभोलि मानवबस्तीविहीन सरह भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठका अनुसार सयौं व्यवसायी पेसाबाट पलायन भएका छन् । व्यापारमा गरिएको लगानी डुबेको छ । ‘जुरे पहिरोपछि खस्केको व्यापार अन्तत: बन्दै भयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले ठूलो लगानी गरेर पुनर्निर्माणमा नलाग्ने हो भने नाकाको भविष्य अनिश्चित छ ।’

    संकटग्रस्त घोषणाको माग
    भूकम्प र बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि सिन्धुपाल्चोकलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग सांसद तथा राजनीतिक दलहरूले गरेका छन् । उनीहरूले लगातारको क्षतिले जिल्लाको अस्तित्व नै मेटिन लागेको भन्दै एकीकृत योजना बनाएर सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । वनमन्त्री अग्निप्रसाद सापकोटा क्षतिको अवस्थालाई हेर्दा असामान्य भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने बताउँछन् । ‘जिल्लाको अस्तित्व नै मेटिन लागेको छ । अरनिको राजमार्ग र सीमा क्षेत्रको विकासका लागि चीनसँग सहयोग लिनुपर्छ,’ उनले भने ।

    सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत जोखिमयुक्त क्षेत्रको पहिचान गरेर मात्र बस्ती विकास र विकास योजना सञ्चालन गर्नुपर्ने बताउँछन् । ‘जुन–जुन स्रोतको उपयोग गरेर समृद्धिको कल्पना गरेका छौं, त्यस्ता स्रोत परिचालनका लागि सबै राजनीतिक शक्ति एक हुनु जरुरी छ,’ उनले भने ।

    ‘हाम्रो जिल्ला त प्राकृति विपत्तिको संग्रहालय जस्तो भएको छ,’ सांसद शेरबहादुर तामाङ भन्छन् । दलहरूबीच संयुक्त कार्ययोजना अघि नबढ्ने हो भने जिल्लाको भविष्य नै अन्धकार हुन सक्ने उनी बताउँछन् ।

    पुनर्निर्माण सम्भावना
    भूकम्प र बाढीले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माणका लागि अर्बौं रुपैयाँ खर्च गर्नुपर्छ । नियमित बजेटले यस्तो पुनर्निर्माण हुने सम्भावना देखिँदैन । शिक्षा कार्यालयले भूकम्पबाट भत्केका सबै विद्यालय पुनर्निर्माणका लागि ५ अर्ब खर्च हुने अनुमान गरेको छ ।

    अरनिको राजमार्ग मर्मतका लागि कम्तीमा १ अर्ब खर्चिनुपर्ने अनुमान छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीका अनुसार सडकको पहिरो नियन्त्रणका लागि चिनियाँ टोलीले सर्वेक्षण गरिरहेको छ । राजमार्गको पाँच स्थानमा पहिरो नियन्त्रण गर्न करिब ६० करोड खर्च हुने अनुमान गरिएको छ । जुरे पहिरोबाट क्षतिग्रस्त सडकको स्थायी रूपमा पुनर्निर्माण हुन नसकेको देख्दा भत्केका संरचना पूर्वअवस्थामा पुर्‍याउन कति कठिन छ भन्ने थाहा हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.