×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ मिनेट अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २२ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २२ घण्टा अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गैरीशंकरमा हिमालमा के हुँदैछ ? कोशी बेसिनका बासिन्दालार्इ थाहा होस् !

  •  
  • शनिबार, असार १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रमेश भुसाल (द थर्ड पोल डट नेटका नेपाल सम्पादक)  र नवीन बराल (फोटोग्राफर) ले कोशी नदीका विभिन्न सहायक नदीहरूको तटै-तट तिब्बती सीमानादेखि भारतीय सिमानासम्म यात्रा सम्पन्न गरेका छन् । लामो यात्रापछि लेखिएको यो लेख थर्ड पोलबाट लिइएको हो ।

    पहिरो, भूकम्प, पग्लँदो हिमनदी तथा भयानक बाढीले नेपाल-तिब्बत सीमाना नजिक बस्ने मानिसहरूको जनजीवन अप्ठ्यारो बनाएको छ ।

    तिब्बती सीमा नजिकै, नेपालको सिन्धुपाल्चोक जिल्लामा, झण्डै दुई वर्षअघि जुरेको वस्ती ध्वस्त पारेको पहिरोले छाडेको गेग्र्यानको थुप्रोमुनिबाट पानीको तीव्र प्रवाह निस्किन्छ।

    Koshi Basine 2

    सन् २०१४ मा, जुरे पहिरोले पूरै गाउँ बगाइदियो । यसमा परेर १५६ जनाले ज्यान गुमाए । लोकमार्गको झण्डै २ किलोमिटर भाग भत्कियो र कैयौँ महिनाका लागि सडक यातायात अवरुद्ध भयो । अहिले पनि यहाँ केही लोकल बस र सुनकोशी नदीबाट ढुङ्गा बालुवा बोक्ने केही ट्रिपरहरू मात्र देखिन्छन् ।

    Koshi 3

    पहिरोको ढिस्को चढी माथि पुगेर तलतिर हेर्दा नागवेली परि बगिरहेको सुनकोशी देखिन्छ । यो नदीलाई तिब्बतमा पोइकु नामले चिनिन्छ, तल बग्दै जाँदा भोटेकोशीको नामले चिनिन्छ र अलि तलपुगेपछि यो सुनकोशीको रुफमा सप्तकोशीको एक सहायक नदीको रुपमा बग्दै नेपाल भारत सीमानामा पुग्छ ।

    जुरे पहिरोपछि सुनकोशीले आफ्नो बाटो फेर्यो । पहिरोले नदी थुनिएर विशाल अस्थायी तलाउ बनेको थियो, जसले लोकमार्ग, दुईटा अग्ला भवनसहित सडक छेउका कैयौँ घरहरू र विद्युत प्रशारण टावर डुबाएको थियो । ७० वर्षे जीतबहादुर तामाङ पहिरो गएको भयङ्कर रातलाई यसरी सम्झिन्छन्, ँँमध्यरातमा लगातार बम पड्केको जस्तो ठूलो आवाज आयो । पूरै अँध्यारो थियो । पारिपट्टिबाट गाउँलेहरूले भाग भाग भनेर चिच्याउँदै थिए जस्तो लाग्छ, तर कहाँ जाने रु पहिरो भन्ने हामीलाई थाहा थिएन । धन्य, हामी सडकै सडक उत्तरतिर लाग्यौँ र अर्को गाउँतिर उकालो लाग्यौँ ।’’

    पहिरोले आफ्ना थुप्रै नातागोता र गाउँलेहरूको ज्यान लिएपछि तामाङ बगरभन्दा केही माथि सानो झुपडीमा डरैडरमा बस्दै आएका छन् । पोहोर साल गएको भूकम्पले उनको जिन्दगीलाई झन् कठीन बनाइदियो । ‘जे बचेको छ, त्यसैसँग बस्नुबाहेक मेरो कुनै उपाय छैन, अब वर्षामा झन् गाह्रो होला,’’ बाँस काँट्न हँसिया उद्याउँदै गरेका तामाङले भने ।

    पचासी प्रतिशत भूभाग हिमाल र पहाडले ओगटेको नेपालमा अक्सर पहिरो गैरहन्छ । नेपालमा हरेक वर्ष साना ठूला गरी औसत १२ हजार वटा पहिरो जाने गर्छन्, जसमा परेर ३ सय बढी मानिस मर्छन् ।

    ‘ठूला पहिराले नदी थुन्न सक्छन् । पहिले पनि यस्तो भएको छ, र जलवायु परिवर्तनका कारण अतिवृष्टि हुने प्रक्षेपण गरिएकाले यस्ता घटना भविष्यमा बढ्न सक्छन्,’’ त्रिभुवन विश्वविद्यालय, काठमाडौँको भूगोल विभागका प्राध्यापक नरेन्द्रराज खनालले भने ।

    सक्नेले गाउँ छोडेका छन्, तर धेरैका लागि यो सम्भव छैन । पहिले व्यस्त रहने सडक सुनसान भएपछि, २२ वर्षे ड्राइभर लङ्क लामा बेरोजगार भएका छन् । पहिरो हटाएपछि व्यवसाय राम्रो हुँदै थियो, यत्तिकैमा भूकम्पले गर्दा चीनको सीमा नाका बन्द भयो । ँँम जस्तो दुःख पाएका सयौँ युवाहरू छन् गाउँघरमा । हाम्रो काम पनि छैन, जग्गा पनि छैन,’’ पहिरो र भूकम्पमा भाञ्जी र धेरै नातागोता एवं साथीहरू गुमाएका लामाले भने ।

    कुनै समय नेपाल र चीन जोड्ने सबैभन्दा व्यस्त लोकमार्ग पहिरोपछि कैयौँ महिनाको लागि बन्द भयो । पहिरो हटाएर लोकमार्ग खुलेको केही दिनमै नेपालमा ठूलो भूइँचालो गयो, जसले गर्दा लोकमार्गमा थुप्रै पहिरो गए र लोकमार्ग फेरि बन्द भयो ।

    भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि नेपाल सरकारको थुप्रै अनुरोधका बाबजुद चीनले पहिरोको उच्च जोखिमका कारण सीमानाका खोलेको छैन । बरु चीन सिन्धुपाल्चोकको पश्चिममा रहेको रसुवा जिल्लाको रसुवागढी नाका खोल्नमा लागेको छ । भलै यो क्षेत्रमा पनि भूकम्पले उत्तिकै क्षति पुर्याएको छ ।

    चीनले नियोजित रुपमै सिन्धुपाल्चोकको सीमानाका नखोली नेपाललाई रसुवागढी हुँदै केरुङसम्म जोड्न खोजेको कतिपयको बुझाइ छ । केरुङलाई सन् २०२० सम्ममा गुङ्झाइ-तिब्बत रेल सञ्जालमा जोडिने लक्ष्य लिइएको छ । यद्यपि, चीन सरकारको यो बुझाइ गलत भएको र भौगर्भिक कारणले मात्र सिन्धुपाल्चोकको तातोपानी नाका नखोलिएको बताएको छ ।

    Koshi 4

    नेपालमा पहिलेदेखि नै पहिरो धेरै जाने गरेको भए पनि, विज्ञहरू पोहोरको भूकम्पपछि थप चिन्तित छन् । भूकम्पले ३ हजार भन्दा बढी पहिरोहरू गएको बताइएको छ । यसबाट कोशी बेसिनमा पनि नराम्रो प्रभाव परेको थियो । ४० प्रतिशत भूभाग समुद्री सतहदेखि ४ हजार मिटरमाथि रहेको र ३० प्रतिशत भूभाग एवं ३० डिग्रीभन्दा बढी भिरालो रहेको कोशी बेसिन भौगर्भिक हिसाबले देशकै सबैभन्दा नाजुक क्षेत्र हो ।

    ‘यहाँ ठूलो पहिरोको उच्च जोखिम रहेको छ । पहिरोलाई बुझ्न र यसबाट बच्न जटिल हुनाले समग्र पहिरोको जोखिम व्यवस्थापन योजनाको तत्काल आवश्यकता रहेको छ,’’ काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र ९इसिमोड०का रिमोट सेन्सिङ् विशेषज्ञ देउराज गुरुङले भने ।

    सरकार र स्थानीय समुदाय दुबैले पटक-पटक दिइएको चेतावनी बेवास्ता गरेकाले जुरे पहिरोमा त्यति धेरै मानवीय क्षति भएको विज्ञहरूको भनाइ छ । ँँत्यो क्षेत्रलाई २०३० को दशकदेखि नै उच्च जोखिमयुक्त क्षेत्र भनी पहिचान गरिएको थियो । २०७१ मा पूरै पहाड खस्नुअघि त्यही क्षेत्रमा थुप्रै चोटि साना-साना पहिरो गएका थिए, ’’ गुरुङले बताए ।

    हिउँ कम, बाढी धेरै

    यस्तो प्रभाव परेको सिन्धुपाल्चोकको जुरेमा मात्र होइन । सुनकोशी जस्ता नदी उत्पत्ती हुने हिमालहरूमा समस्या सुरु भैसकेको छ । बढ्दो तापक्रमले गर्दा हिमनदीहरू तीव्ररुपमा पग्लिरहेका विभिन्न अध्ययनहरूले देखाएका छन् ।

    एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान टोलीले गत वर्ष सप्तकोशीको महत्वपूर्ण सहायक नदी दूधकोशी नदीमा रहेका हिमनदीहरूको पहिलो विस्तृत अध्ययन प्रकाशित गर्यो । दूधकोशी सगरमाथा क्षेत्र हुँदै बग्छ । ती वैज्ञानिकहरूले सगरमाथा क्षेत्रका सबैजसो हिमनदीहरू यो शताब्दीको अन्त्यसम्ममा सुक्ने सम्भावना रहेको चेतावनी दिएका छन् ।

    हिमरेखाको उचाइ बढ्दै गएकाले हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घटेको पनि वैज्ञानिकहरूले बताए ।

    Koshi 5

    च्छो रोल्पा हिमताल नेपालको हिमालय क्षेत्रमा विष्फोटको जोखिममा रहेका हिमतालहरू मध्ये अग्रणीमा पर्छ । इसिमोडका प्रदीप मूलका अनुसार, सन् १९६० देखि २०१० सम्ममा यो हिमताल ०।२३ वर्ग किलोमिटरबाट फैलिएर १।५३ वर्ग कलोमिटर पुगेको छ । यो शिघ्र फैलावटले विष्फोटको जोखिम वृद्धि गरेको छ ।

    हिमताल विष्फोट भई बाढी आएमा तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति हुन सक्छ ।टोलीका मुख्य वैज्ञानिक जोसेफ शियाले यसलाई कुनै व्यक्तिगत ब्याङ्क खातासँग तुलना गरे । ‘वर्षभरिमा तपाईँले खातामा पैसा जम्मा  गर्नुहुन्छ र यसबाट खर्च पनि गर्नुहुन्छ । वर्षको अन्त्यमा, तपाईँले खर्च गरेको रकमभन्दा जम्मा गरेको रकम धेरै भयो भने तपाईँसँग धनात्मक निक्षेप सञ्चित हुन्छ । हिमनदीलाई पनि त्यसैगरि बुझ्न सकिन्छ । हिमनदीहरूको राश हिउँ परेपछि बढ्छ र पग्लेपछि घट्छ । वर्षभरिमा जम्मा भएको हिउँको राशबाट पग्लेको हिउँ घटाउँदा हिमराशीको ‘खुद सञ्चिती’ आउँछ ।’’

    शेर्पाहरूलाई डर

    सगरमाथा र हिमालयका अन्य अग्ला चुचुरा हेर्न नेपालमा हरेक वर्ष हजारौँ पर्यटकहरू आउने गर्छन् । तर, यी सुन्दर हिमचुचुराहरूमा हिउँ र बरफ नरहने हो भने कस्ता देखिएलान् ? यी हिमाल तल्लोतटीय क्षेत्रमा बस्ने लाखौँ मानिसका लागि पानीको, जीवन र जिविकोपार्जनको स्रोत समेत हो । सगरमाथा २१ पटक चढेका आप्पा शेर्पालाई यसैको चिन्ता छ । उनी हिमाल बचाउन विश्व समुदायलाई झक्झक्याउन चाहन्छन् ।

    सुनकोशी किनारमा रहेको पाङ्ग्रेटारका ओभिध्वज कार्कीले १९८१ को बाढी देखेका थिए । त्यसपछिका समयमा गाउँलेहरूलाई यस्तो घटना फेरि हुन सक्ने चेतावनी धेरैचोटि दिइएको छ

    सन् २०१२ मा संसारलाई यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव देखाउन उनले आफ्नो समूहसँग तीन महिनासम्म १६ सय किलोमिटर पदयात्रा गरे । ”सबैभन्दा चिन्ता लाग्ने कुरा चाहिँ हिमालमा  थोरै हिउँ सञ्चित भैरहेको छ, म सगरमाथा चढ्दा पनि यो महशुस गर्छु, यो सामान्य प्रक्रिया होइन,’’ उनले भने ।

    फैलँदै हिमताल, बढ्दै जोखिम

    हामीले हिमताल फुटेर आउने बाढीको जोखिम उच्च रहेको भनी पहिचान गरिएको सुनकोशी नदीको किनारै किनार यात्रा गर्यौँ ।
    इसिमोडका अनुसार, नेपालका हिमालमा रेकर्ड गरिएका हिमताल फुटेर बाढी आएका २४ प्रकोपमध्ये, तीन ध्वंशात्मकसहित, १६ वटा कोशी बेसिनमा भएका थिए।

    सुनकोशीको उद्गम विन्दु तिब्बतमा रहेको पोइकु नदीको झाङ्जाम्बु हिमताल हो । सन् १९८१ मा यो ताल फुट्यो । एक घण्टामा १ करोड ९० लाख घन मिटर पानी प्रवाह भई आएको बाढीले कैयौँ घर ध्वस्त भए, र १२ वटा पुल, २७ किलोमिटर सडक र सुनकोशी जलविद्युत बाँधको एउटा गेट भत्कियो ।

    सुनकोशी किनारमा रहेको पाङ्ग्रेटारका ओभिध्वज कार्कीले १९८१ को बाढी देखेका थिए । त्यसपछिका समयमा गाउँलेहरूलाई यस्तो घटना फेरि हुन सक्ने चेतावनी धेरैचोटि दिइएको छ ।

    हिमतालहरू उच्च हिमाली भेगमा हुन्छन् । तर, हिउँ पग्लाइको गति बढेसँगै यी तालहरू तीव्र रुपमा फैलिरहेका हुनाले गाउँवस्ती र खेतहरू बग्ने जोखिम बढ्दै गएको अनुसन्धानकर्ताहरू बताउँछन् ।

    “माथि हिमालमा के भैरहेको छ, हामीलाई थाहा छैन, तर पछिल्ला केही दशकहरूमा बाढीले गर्दा हामीले धेरै धानखेत गुमाइसक्यौँ,’’ कार्कीले भने ।

    नेपालका हिमताल

    हिमताल फुटेर आउने बाढी अक्सर ध्वंशात्मक हुन्छन् र यसको पूर्वानुमान गर्न सकिँदैन । तर क्षति कम गर्न सकिन्छ । ‘एउटा उपाय भनेको तल्लो तटीय क्षेत्रका मानिसलाई सचेत गराउन पूर्वजानकारी प्रणाली जडान गर्ने हो । तर, दीर्घकालीन समाधानचाहिँ बाढी आउने सम्भावना भएको क्षेत्रमा बस्ती बसाउन हतोत्साहित गरी समुदायलाई सुरक्षित स्थानमा पुनर्वास गराउनु नै हो,’’ यस क्षेत्रमा वृहत अनुसन्धान गरेका नरेन्द्र खनाल भन्छन् ।

    मौसम विज्ञान विभागले केही किलोमिटर माथि बाह्रबिसेमा नदीको सतह सामान्यभन्दा बढी देखिएमा तल्लो तटमा बस्ने समुदायहरूलाई सचेत गराउने भनी नदीको सतह नाप्न खम्बा गाडेको छ

    कार्कीलाई जोखिमका बारेमा थाहा भए पनि यसरी नै बस्नुको विकल्प छैन । “परिवार पाल्ने अर्को कुनै उपाय नभएकाले म यो ठाउँ छोडेर जान सक्दिँन ।’’ सरकारले जोखिम घटाउन केही कदम चालेको छ, तर यो पर्याप्त छैन । जल तथा मौसम विज्ञान विभागले केही किलोमिटर माथि बाह्रबिसेमा नदीको सतह सामान्यभन्दा बढी देखिएमा तल्लो तटमा बस्ने समुदायहरूलाई सचेत गराउने भनी नदीको सतह नाप्न खम्बा गाडेको छ ।तर, हामी त्यो ठाउँमा पुग्दा उक्त खम्बा विरुप अवस्थामा थियो र राम्ररी मर्मत सम्भार समेत गरिएको थिएन ।

    (माथिका सबै तस्वीरहरू नवीन बरालले खिचेका हुन्- सं)

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.