×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

मधेसमा फेरि आन्दोलन चर्कियो

  •  
  • शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    क्रान्ति शाह

    फोटो :वीरगन्जको घण्टाघर चोकस्थित सडकमै धर्ना दिँदै मधेसी दलका नेता कार्यकर्ता । तस्बिर : क्रान्ति शाह
    दूरसञ्चारमा तोडफोड, मोटरसाइकल जलाइयो
    वीरगन्ज: मोरङको रंगेलीमा बिहिबार भएको घटनाको विरोधमा मधेसी दलले शुक्रबारदेखि आन्दोलन फेरि चर्काएका छन् । वीरगन्जमा पनि मधेसी दलका नेता कार्यकर्ताहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठवन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जका विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् ।
    आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान, मुर्ली, पावरहाउस चोक र लक्ष्मणवा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
    संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघर चोकमा शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।
    आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार शुक्रबार बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा शुक्रबार सार्वजनिक यातायातका सवारी साधन र स्कुल बससमेत चल्न दिएका छैनन् ।
    बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वीरगञ्जको घण्टार चोकमा शुक्रबार बिहान बा १० च २३८४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
    घण्टाघर चोकमा रहेको नेपाल दूरसन्चार कार्यालयमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले दूरसञ्चार कार्यालयमा ढुङगामुढा गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको छ ।
    यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले शुक्रबार बिहानै देखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारीसाधन पनि चल्न दिएका छैनन् ।
    आन्दोलनकारीहरुले कलैयामा शुक्रबार बिहान दुईवटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् ।
    तेल ओसारेको भन्दै मधेसी दलका कार्यकर्ताहरुले कलैयाको बालमन्दिर नजिकबाट लु १ प ९५७० र नम्बर प्लेट नभएको अर्को एउटा गरि दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर भरत चोकमा लगी आगजनी गरेका हुन् ।
    मोटरसाइकलमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबीच भरत चोकमा झडप भएको थियो ।
    मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जीतपुर र परवानीपुर लगायतका स्थनामा पनि बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन् ।
    मोरङको रंगेलीमा बिहिबार मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक महिलासहित तीनजनाको मृत्यु भएको थियो ।
    सीमाङ्कन र संविधानमा असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको शुक्रबार एक सय ६१ दिन पुगेको छ ।
    यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी शुक्रबार एक सय २१ औं दिन पनि जारी रहेको छ । मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् ।
    मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिनादेखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधन वीरगञ्ज छिर्न सकेको छैन ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.