गाेरखा । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ४ जनालाई नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त भएको छ ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए । सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।



