गाेरखा । गाेरखाकाे सिरानचाेकका भित्री सडकमा आज ट्याक्सी दुर्घटना हुदा ५ जना घाईते भएका छन् । दुर्घटनामा परी २ जनाकाे अवस्था गंभिर रहेकाे छ ।
गोरखा सिरानचोक गा.पा. २ सिउरेनी स्थितमा चित्रेपोखरीबाट सिउरेनी तर्फ जादै गरेकाे ट्याक्सी दुर्घटना हुदा ५ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
बिहान अंन्दाजी ११:३० बजे चित्रेपोखरीबाट सिउरेनी तर्फ जादै गरेको बाग्मती प्रदेश B AD ७६८८ नंम्बरको ट्याक्सी कच्ची सडक छेउमा रोकिरहेको अबस्थामा अचानक ब्याक भई सडकबाट ४० मिटर तल खसि दुर्घटना हुदाँ भएकाे हाे ।
घाईते सबैकाे प्रदेश अस्पताल गाेरखामा उपचार भइरहेकाे पनि गाेरखा प्रहरीले जानकारी दिएकाे छ । गंभिर अवस्थाकी मन्जु र गितामायाँलाई थप उपचारकाे लागि चितवन लगिएकाे छ ।
चालकलाई भने उपचार पछी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।
घाईतेहुने हरुमा :
१) चालक गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ भाँगे बस्ने बर्ष ४० को विर बहादुर गुरुङ
२) सिरानचोक गाउँपालिका-२ मैपते बस्ने बर्ष ३२ कि मन्जु परियार (अबस्था सिरियस)
३) ऐ.ऐ. बस्ने बर्ष ५० कि गितामाया परियार (अबस्था सिरियस)
४) ऐ.ऐ. बस्ने बर्ष २० कि अन्जना अछामी
५) ऐ.ऐ. बस्ने बर्ष ३० कि गिता परियार


