गाेरखा । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो ।
यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु भएकाे थियाे ।
निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइएकाे थियाे ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरेर मनाइएकाे थियाे ।
यसैगरी कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेकाे थियाे । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ भएकाेछ ।


