क्यानाडा, टोरन्टो/प्रदीप राज वन्त । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार अर्थात् दीपावलीको अवसरमा क्यानाडामा रहेका नेपाली समुदायले नेवारी परम्पराअनुसार म्हः पूजा (आत्मपूजा) गरेका छन् ।
नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली समुदायले तिहारको अवसरमा विधिपूर्वक मण्डप तयार गरी आफ्नै शरीर तथा आत्माको पूजा गर्दै म्हः पूजा मनाएका हुन् ।
नेवारी संस्कृतिअनुसार गरिने म्हः पूजामा परम्परागत पोशाकमा सजिएका नेपालीहरूले मण्डप निर्माण गरी विभिन्न पूजाका सामग्री, विधि र परम्पराअनुसार आत्मपूजा गरेका थिए ।
नेपालबाट टाढा रहेर पनि आफ्नो मौलिक संस्कृति, धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ नेपाली पहिचान हस्तान्तरण गर्ने प्रयाससमेत यसले झल्काएको छ ।


