गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाे छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागमा आंशिक बदली छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बदली रहनेछ । बाँकी हिमाली भाग, देशका पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा आंशिक बदली हुनेछ । बाँकी तराई भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आजै राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेस र कोशी प्रदेशको तराई भागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।


