गाेरखा । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ ।
१ युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, १ पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलर १ को १०४ रुपैयाँ १० पैसा तोकिएको छ ।
त्यस्तै, साउदी रियाल १ को बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियाल १ को ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनार १ को ४८८ रुपैयाँ ९३ पैसा निर्धारण गरेकाे छ ।


