गाेरखा । आज नेपाली बजारमा खुल्नासाथ सुन र चाँदीकाे मूल्यमा गिरावट आएकाे छ ।
सुन ताेलामा १२ हजार ६०० रुपैयाँले घटेर तोलाकाे २ लाख ७१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे कार्तिक २३ गते साेमबार ताेलाकाे २ लाख ८४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुनकाे मूल्य संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा १५५ रुपैयाँले घटेर ताेलाकाे ३ हजार ७०० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी साेही दिन प्रतितोला ३ हजार ८५५ रुपैयाँमा नै काराेबार भएको थियाे ।
संघले जनाएकाे अनुसार आजकाे मूल्यमा सुन १० ग्रामकाे २ लाख ३२ हजार ९४० रुपैयाँ र चाँदी ३ हजार १७२ रुपैयाँमा काराेबार भएकाे छ ।


