फाईत तस्बिर
गाेरखा । नेकपा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० साल वैशाख ३१ गते पक्राउ परेका रायमाझी करिब ४२ महिना जेल बसेपछि कात्तिक २६ गते बिहीबार आज थुनामुक्त भएका हुन् ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए । तर, ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी झन्डै ४२ महिनापछि बिहीबार बिहान थुनामुक्त भएका हुन् ।
सुविधाअनुसार कात्तिक २५ गते बुधबार नै समय पूरा भए पनि रायमाझी बिहीबार बिहान मात्र डिल्लीबजार कारागारबाट निस्केर छिन्नमस्ता मन्दिरको दर्शन गरी ललितपुरको सातदोबाटोस्थित निवासतर्फ लागेका हुन् ।


