गाेरखा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान भएकाे इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएकाे हो ।
दुर्घटनामा गाडीमा सवार १५ सवार भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ ।
दुर्घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।


