गाेरखा । नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ ।
त्यस्तै, युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तथा बेलायती पाउण्ड १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा, थाई भाट १ को खरिददर ४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा तथा यूएई दिराम १ को खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ पाँच पैसा तोकिएको छ ।
त्यस्तैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


