गाेरखा । केही दिन अगाडी दाेहरी साँझबाट निस्केर कुटपिटमा घाईते भएका १ जना पुरुषकाे हिजाे साँझ उपचारकाे क्रममा ज्यान गएकाे छ ।
गएकाे २७ गते बुधबार राती गाेरखा बजारकाे पुरानाे बसपार्क नजिकै रहेकाे गाेरखा राेधी घरबाट निस्केर झगडा हुदा बारपाक सुलिकाेट गाउँपालिका-३ गम्वन घर भएका ४० बर्षका सन्त बहादुर गुरुङकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे ।
प्रादेशिक अस्पताल गाेरखामा उपचारपछी डिस्चार्ज भएका गुरुङ हिजाे उपचारकाे क्रममा साँझ ७ बजे गाेरखा अस्पतालमा ज्यान गएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
हाल गाेरखा नगरपालिका-७ काे पन्थेश्वारामा बस्दै आएका गुरुङ २९ गते पख ढलेका थिए । प्रहरीले कुटपिटमा संलग्नहरुकाे ब्यापक रुपमा खाेजी गरी रहेकाे छ ।




















