गाेरखा । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा गोरखाका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङटार नगरपालिका-१० स्थायी घर भई हाल काठमाडौँको टोखा बस्ने ४२ वर्षीय निरज गुरुङ भएकाे पुष्टी गरेकाे हाे ।
प्रहरीका अनुसार आरोपी गुरुङले आकर्षक वैदेशिक रोजगारीका लागि आइसल्याण्ड पठाइदिने भन्दै प्रलोभनमा पारेर ४ जना ब्यत्तीबाट ११ लाख ५६ हजार रुपैयाँ रकम असुल गरी ठगी गरेको उजुरी परेको प्रहरीको भनाई छ ।
रकम बुझेपछि उनि पीडितहरूलाई लामो समयसम्म झुक्याएर, राहदानी (पासपोर्ट) समेत नियन्त्रणमा राखी, विदेश पनि नपठाई सम्पर्कविहीन भएका थिए ।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीकाे विशेष टोलीले खोजतलास गर्ने क्रममा जेठ २२ गते उनलाई काठमाडौँ महानगरपालिका-२६ बाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।



