गाेरखा । मुग्लिन-काठमाडाैं सडक अन्तर्गत धादिङकाे सिम्लेमा ट्रकले ठक्कर दिदा गाेरखा बजारका १ जना पुरुष घाईते भएका छन् ।
घाईते हुनेमा गोरखा नगरपालीका-७ नयाँ बजारका आदर्श श्रेष्ठ भएकाे धादिङ प्रहरीले पुष्टी गरेकाे छ ।
आज बिहान ६ बजेकाे समयमा धादिङकाे थाक्रे गाऊपालिका-२ सिम्ले भन्ने स्थानमा काठमाडौ बाट गोरखा तर्फ आउदै गरेकाे मोटर साईकल लाई धादिङ बाट काठमाडौ तर्फ जादै गरेको ट्रकले ठक्कर दिएकाे हाे ।
घाईते श्रेष्ठलाई तत्कालै उद्दार गरेर उपचारकाे लागि काठमाडौ लगीको स्थानिय तायर मियाँले जानकारी दिए ।
प्रहरी दुर्घटनामा संग्लग्न सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ ।



