गाेरखा । गाेरखा सदरमुकाममा मिनि ट्रकले ठक्कर दिदाँ नाबालककाे ज्यान गएकाे छ ।
ज्यान गुमाउने नाबालक आरुघाट गाउँपालिका-१ मान्बु घर भई हाल गाेरखा नगरपालिका-८ काे बराह क्षेत्रमा बसाेबास गर्ने ३ बर्षिय यहान्ना गुरुङ भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले पुष्टी गरेकाे हाे ।
कार्यालयका अनुसार बुधबार साँझ ६ बजेकाे समयमा बराहकाे भित्री सडक भएर लक्ष्मी बजार तर्फ जादै गरेकाे ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले गुरुङलाई ठक्कर दिदाँ घटना स्थलमा नै उनकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा संलग्न मिनी ट्रक र घटना प्रकृती मुचुल्का गर्दै नेपाल प्रहरी
घटना लगत्तै प्रहरीले चालक ४७ बर्षिय हिराबहादुर कुमाल र दुर्घटनामा सम्लग्न सवारीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
बालक बाटाेमा खेल्ने क्रममा मिनि ट्रकले ठक्कर दिएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । घटनाका सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।
आफ्ना बालबच्चालाई सदरमुकाममा पढाउने १२ दिन अगाडी मात्र आएकाे स्थानियले जानकारी दिए ।




