×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा आर्थिक गणना सुरु

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु भएको छ । मंगलवार देखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणना सुरु भएकाे जिल्ला तथ्याङ्क अधिकृत लोक प्रशाद ढुंगानाले जानकारी दिए ।

    आर्थिक गणनाका लागि जिल्लाका सरोकारवालासँग छलफलसँगै स्थलगत तथ्याङ्क सङ्कलनमा खटिने गणक तथा सुपरीवेक्षकलाई तालिम समेत प्रदान गरिएको थियाे । साथै गणक तथा सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री प्रदान गरिएको उनले बताए ।

    ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागिएको हो । यहाँ स्थलगत तथ्याङ्क सङ्कलनका लागि ४१ जना गणक र ६ जना सुपरीवेक्षक छनोट गरिएको छ ।

    गणक तथा सुपरीवेक्षकलाई ५ दिनको तालिम मार्फत राष्ट्रिय आर्थिक गणनाको परिभाषा, उद्देश्य, आवश्यकता, महत्व, गणना विधि, गणनामा प्रयोग गरिने फाराम, गणनाले समेट्ने र नसमेट्ने क्षेत्र, गणक तथा सुपरीवेक्षणको काम, कर्तव्य, जिम्मेवारी, पेशागत आचरण लगायतका कुराका अतिरिक्त गणकले भर्नुपर्ने फाराम तथा प्रश्नावली भर्ने तरिका, प्लटकोडको प्रयोग बारेमा सिकाएको थियाे ।

    आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरुप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नका लागि आर्थिक गणना सञ्चालन गर्न लागिएको हो । गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणमा सहयोग पुग्नेछ ।

    गणना सम्पन्न भएपछि आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्रको सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण सङ्कलनमा सहयोग पुग्ने छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना गर्न लागेको यस जिल्ला तथ्याङ्क अधिकृत ढुङगानाले बताए ।

    पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो । सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो ।

    यसमा नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ वटा खण्डमध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलापलाई समेटिने छ । जसमध्ये खण्ड ए अन्तर्गत कृषि, वन तथा मत्स्यपालनअन्तर्गत दर्ता भएका मात्र प्रतिष्ठानलाई समेटिने भएको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.