गोरखा । गोरखाको भच्चेक बजारबाट चिवतन गएको बस दुर्घटनामा परेको छ । बस संग जिप र अटो रिक्सा समेत ठक्कर खाएको रामनगर प्रहरीले जनाएको छ ।
भच्चेक बजारबाट बिहान ९:३० बजे चितवनको पोखरा बसपार्कको लागि छुटेको ग १ ख ९९२५ नम्बरको बस उक्त स्थानमा दुर्घटनामा परेको हो ।
बस संग विपरीत दिशाबाट आउदै गरेको लु १ च ८५५२ नम्बरको जिप र नम्बर खुल्न नसकेको अटो रिक्सा समेत ठक्कर खाएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अटो रिक्सामा सवार केही ब्यत्तीहरु घाइते भएको र उनीको नाम खुल्न नसकेको राम नगर प्रहरीले जनाएको छ ।



