गाेरखा । नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएका छन् । उनीहरुले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको हाे ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
यता नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आफ्नाे पार्टीले सभामुख पदमा उम्मेवारी नदिने बताए । तर सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले बताए ।
संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक भएका पनि ति पार्टीका नेताहरुकाे भनाइ छ ।
रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।




















