×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिकी पत्रकार इराकको राजधानीबाट अपहरित

  •  गोरखा समाचार
  • बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । इराकको राजधानी बग्दादबाट १ जना अमेरिकी स्वतन्त्र पत्रकार शेली किट्टल्सनको अपहरण भएको छ । इराक र अमेरिकी अधिकारीहरूका अनुसार यस अपहरणमा इरान समर्थित सशस्त्र समूह कताइब हिजबुल्लाहसँग आबद्ध व्यक्तिको संलग्नता रहेको देखिएको छ ।

    समाचार पोर्टल अल-मोनिटरका लागि लेख्दै आएकी किट्टल्सनलाई मंगलबार साँझ बग्दादको मध्यभागमा रहेको एक होटल नजिकैबाट अपहरण गरिएको हो । अपहरणकारीको गाडीलाई सुरक्षा बलले पिछा गर्ने क्रममा एउटा गाडी पल्टिएको र सोही क्रममा १ जना संदिग्धलाई पक्राउ गरिएको इराकी आन्तरिक मन्त्रालयले जानकारी दिएको छ ।

    अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव डिलन जोन्सनले नाम उल्लेख नगरी अमेरिकी पत्रकारको अपहरण भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले यसअघि नै ती व्यक्तिलाई आउन सक्ने खतराका बारेमा चेतावनी दिएको उल्लेख गर्दै उनको सुरक्षित रिहाइका लागि एफबीआईसँग समन्वय भइरहेको बताएका छन् ।

    अमेरिकी अधिकारीहरूले सोमबार रातिसम्म पनि किट्टल्सनलाई पटक-पटक सम्पर्क गरेर सुरक्षा खतराको जानकारी गराएको बुझिएको छ । पक्राउ परेका व्यक्ति इरानसँग निकट मानिने कताइब हिजबुल्लाह समूहसँग सम्बन्धित रहेको अमेरिकी दाबी छ ।

    किट्टल्सनका आपत्कालीन सम्पर्क व्यक्ति एवं सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक एलेक्स प्लिट्सासका अनुसार अमेरिकी सरकारले उनलाई इरान समर्थित अर्धसैनिक बलबाट हुन सक्ने विशिष्ट खतराका बारेमा पहिले नै सचेत गराएको थियो । कताइब हिजबुल्लाहले महिला पत्रकारहरूलाई अपहरण गर्ने वा मार्ने योजना बनाएको र किट्टल्सनको नाम उनीहरूको सूचीमा रहेको चेतावनी दिइएको थियो ।

    इराकी अधिकारीहरूले पत्रकारको रिहाइका लागि उच्च तहबाट पहल भइरहेको बताएका छन् । इराकी आन्तरिक मन्त्रालयले सटीक गुप्तचर सूचनाका आधारमा अपहरणकारीहरूको खोजी र पक्राउका लागि सघन अपरेसन चलाइरहेको उल्लेख गरेको छ ।

    अल-मोनिटरले आफ्नी कन्ट्रीब्युटरको अपहरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनको तत्काल र सुरक्षित रिहाइको माग गरेको छ । अमेरिकी विदेश मन्त्रालयले भने गोपनीयताको कारण देखाउँदै यस विषयमा थप विस्तृत विवरण दिन अस्वीकार गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.