गाेरखा । पूर्व ऊर्जामन्त्री एवंनेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।
खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीले जनाएकाे हाे ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।



