गाेरखा । उत्तरी गाेरखाकाे मतपेटी आउन सुरु भएकाे छ । नेपाली सेनाकाे एमआई-१७ हेलिकप्टर मार्फत मतपेटीका ल्याउन थालिएकाे प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले जानकारी दिए ।
बिहानैदेखी मतपेटिका ढुवानी गर्ने भनिएता पनि काठमाडाैं उपत्यकाे माैसममा खराबी आएपछी दिउसाे २ बजे मात्र पहिलाे खेप मतपेटीका आएकाे हाे ।
नेपाली सेनाकाे उक्त हेलीले पहिलाे पटक छेकम्पारकाे ३ र चुम्चेतकाे ४ मतदान केन्द्रकाे मतपेटीका सदरमुकाम ल्याएकाे छ । जस अन्तरर्गत छेकम्पारकाे झाेङ, छुलेनिले र लार तथा चुम्चेतकाे किम्चेत, चुम्लिङ, चुम्चेत र खार मतदान केन्द्रकाे मतपेटीका सदरमुकाम आएकाे प्रजिअ श्रेष्ठले बताए ।
उत्तरी गाेरखाकाे चुमनुब्रीबाट आउने सबै मतपेटी हेली मार्फत ल्यायने छ । सबै मतपेटीका नेपाली सेनाका नामजेली डाँडामा रहेकाे हेलीप्याडमा संकलन गरेर क्षेत्र नम्बर १ काे निर्वाचन कार्यालयमा राखिने छ ।
उनका अनुसार अब २ लटमा बाँकी मतदान केन्द्रकाे मतपेटीका आउने छ । साँझसम्म मतपेटीका ल्याइसक्ने र मतगणना सुरु गर्ने पनि उनले बताए ।



