गाेरखा । हिजाेसम्पन्न भएकाे गाेरखा क्षेत्र नम्बर २ काे मतगणना शुरु गर्ने तयारी गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय गाेरखामा केही बेर अगाडी भएकाे सर्ब दलिय बैठकले मतगणना गर्ने निर्णय गरेसंगै मतगणनाकाे तयारी गरिएकाे निर्वाचन अधिकृत माेहन प्रसाद बेल्वासेले जानकारी दिए ।
उनका अनुसार सबै दलसंग भएकाे सहमती अनुसार अबकाे केही बेरमा नै मतगणना शुरु हुने छ ।
क्षेत्र नम्बर २ काे सबै मतपेटीका बिहानसम्म संकलन भइसकेकाेले सर्व दलिय बैठक राखेर मतगणनाकाेलागि निर्णय गरिएकाे हाे ।
गाेरखा नगरपालिका–८ काे साबिक डिभिजन बन कार्यालय रहेकाे भवनमा कार्यालय स्थापना गरिएकाे र साेही स्थानमा नै मतगणना शुरु हुने पनि अधिकृत बेल्वासेले बताए ।



