गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले भोलीको होलि पर्वमा कुनै पनि निर्वाचन चिन्त अँकित टि–सर्ट, क्याप तथा ब्याग नगर्न भनेको छ ।
प्रशासनले सूचना जारी गर्दै होली पर्ब मनाउदा निर्वाचन चिन्ह अँकित टि–सर्टका साथै क्याप, ब्याग र यस्तै कुनै पनि निर्वाचन आचारसंहिता विपरितहुने बुस्तु नलगाउन-प्रयोग नगर्न र नराउन भनेको हो ।
निर्वाचन आचारसंहित बिपरितका त्यस्ता क्रियाकलाप गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने समेत सूचनामा उल्लेख गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा परिचित ब्यक्तिहरु, आफन्त र साथीभाई बिच मात्र रंग (होली) खेल्न तथा कोही कसैलाई जबरजस्ती नगर्न समेत भनेको छ ।
पर्व मनाउदा सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गर्दै कानुनद्वारा बर्जित कुनै पनि क्रियाकलाप नगर्न तथा नगराउन समेत सचेत गराएको छ ।
सूचनामा ‘काूनन विपरितका कार्य गरी सार्वजनिक शान्ति भंग हुन गएमा कानून बमोजिम कडा कारवाही हुने ब्यहोरा समेत आम–सर्वसाधारणको जानकारीकोलागि सूचित गरिन्छ’ भनिएको छ ।




