गाेरखा । गाेरखाकाे बारपाकमा दिउसाे भएकाे जिप दुर्घटनामा परी ज्यान गुमाएका ब्यतीकाे पहिचान खुलेकाे छ । ज्यान गुमाउने ब्यती जिप चालक नुवाकाेट घर भएका जै बहादुर तामाङ भएकाे पुष्टी भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले बताए ।
उनका अनुसार काठमाडाैंबाट बारपाककाे कालिका हाइड्रो पावरकाे सामान लिएर आएकाे बा २० च ८२१० नम्बरकाे जिप शुक्रबार १२:२० बजे दुर्घटनामा परेकाे थियाे ।
सुपर दराैदी हाइड्रो पावरकाे ईन्टेक नजिकै तुम्सिका भन्ने स्थानमा दुर्घटना हुदा विदुर न.पा. ६ तलेखु बस्ने बर्ष ४१ का तामाङकाे घटना स्थलमा ज्यान गएकाे जाैबारी ईलाका प्रहरी कार्यायले जनाएकाे छ ।
गाेरखा प्रहरी दिएकाे विवरण अनुसार जिपमा कालिका हाइड्रो पावरकाे सामान लिएर जादै गर्दा दर्घटना भएकाे थियाे । बिच सडकमा पल्टिएकाे उक्त जिपले नै च्यापिएर चालक तामाङकाे ज्यान गएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।



