गोरखा । नेपाल सरकारका गृह सचिव राजकुमार श्रेष्ठले यो चुनावमा राष्ट्रले जित्नु पर्ने बताए । अनुगमनका क्रममा गृह जिल्ला गोरखा आई पुगेका श्रेष्ठले चुनावमा राष्ट्रले जित्नुपर्ने बताएका हुन् ।
निर्वाचन अनुगमनका क्रममा बागलुङ र स्याङजा गएर गोरखा आएका सचिव श्रेष्ठले ‘अहिले राष्ट्रले जित्नुपर्ने आवश्यकता छ । अहिले राष्ट्रले जित्छ कि जित्दैन भन्ने ठूलो कुरा छ’ उनले भने ‘अहिले हामी राष्ट्रले जित्ने नजिकको स्थानमा पुगेका छौ ।’
जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले ब्यक्तिले जित्नु वा दलले जित्नुभन्दा राष्ट्रले जित्नु ठूलो कुरा भएको भन्दै राष्ट्रले जित्न हामी सबैको पहल र प्रयास हुन जरुरी भएको बताए ।
स्याङजाबाट राजधानी फर्कने क्रममा जिल्ला सदरमुकाममा भएको कार्यक्रमलाई संबोधन गर्दै गृह सचिव श्रेष्ठले ‘राष्ट्रले तोकेको मितिमा, निर्धारित समयमा, स्वच्छ र स्वतन्त्र रुपमा विवाद रहित हिसावले र राष्ट्र भित्र मात्र नभएर अन्तराष्ट्रिय स्तरमा नै यो निर्वाचन स्वतन्त्र र स्वच्छ रुपमा भयो, भए रहित वातावरणमा सम्पन्न भयो भनेर म्यासेज दिन सकियो र यो निर्वाचन सही तरिकाले सम्पन्न भएको छ भन्ने बुझाई अन्तराष्ट्रिय स्तरमा दिन सकियो भने र त्यो अवस्थामा मात्र हाम्रो निर्वाचन प्रकृया विश्वस्निय हुन्छ’ उनले भने ‘अन्तराष्ट्रिय रुपमा पनि मान्यता दिन्छ र हामी जित्छौ । हामीले जित्छौ मतलब, राष्ट्रले जित्छ ।’
गृह सचिव संगै आएका नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले चुनाव नजिकीदै गर्दा केही आवन्छित तत्वहरुले चुवानलाइ बिथोल्ने प्रयास गरेको भएता पनि नेपाल प्रहरीको सक्रियताका कारण त्यो त्यस्ता कार्य सफल नहुनेभन्दै निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन सम्वन्धित सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
सोही कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक नारायण दत्त पौडेल, गोरखाका मुख्य निर्वाचन अधिकृत विण्णु प्रसाद गौतम, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाकी उप–प्रमुख मसली मायाँ थोकर पुनः, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकका साथै विभिन्न राजैतिक दलका प्रमुख एवं प्रतिधिनी, गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी र जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।



