गाेरखा । गाेरखाकाे बारपाकमा केही बेर अगाडी भएकाे जिप दुर्घटनामा परी १ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने जिप चाकल भएता पनि नाम भने खुल्न सकेकाे छैन ।
काठमाडाैंबाट बारपाककाे कालिका हाइड्रो पावरकाे सामान लिएर गएकाे बा २० च ८२१० नम्बरकाे जिप शुक्रबार बिहान १२:३० बजे दुर्घटनामा परेकाे हाे ।
सुपर दराैदी हाइड्रो पावरकाे ईन्टेक नजिकै तुम्सिका भन्ने स्थानमा जिप दुर्घटना भएकाे बारपाक सुलिकाेटका रिजन बिकले जानकारी दिए ।
जाैबारीकाे प्रहरी टाेली घटना स्थल पुग्न लागेकाेले विस्तृत विवरण भने आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिए ।
प्राप्त विवरण अनुसार उक्त जिपमा कालिका हाइड्रो पावरकाे सामान भएकाे बुझिएकाे प्रहरीले जनाएकाे छ ।



