×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखा नगरपालिका उत्कृष्ट

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार गोरखा जिल्लाका स्थानीय तहहरूमध्ये गोरखा नगरपालिका सबैभन्दा उत्कृष्ट ठहरिएको छ ।

    आयोगले निर्धारण गरेका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गोरखा नगरपालिकाले ६९.३४ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो ।

    आयोगले वित्तीय अनुशासन, योजना कार्यान्वयन, राजस्व संकलन, पारदर्शिता, सेवा प्रवाह, आन्तरिक नियन्त्रण प्रणाली, बेरुजु फछ्र्योट, सामाजिक समावेशीकरणलगायत १७ वटा सूचकका आधारमा स्थानीय तहहरूको मूल्याङ्कन गरेको जनाएको छ ।

    सोही प्रतिवेदनअनुसार अजिरकोट गाउँपालिका जिल्लामा दोस्रो भएको छ । अजिरकोट गाउँपालिकाले ६७. ६३ प्रतिसत अंक प्राप्त गरेको छ ।

    त्यस्तै गण्डकी गाउँपलिकाले ६४.०३ प्रतिसत अंक ल्याएर जिल्लामा चौथो उत्कृष्ठ पालिका बनेको छ ।

    उता सहिद लखन गाउँपालिकाले ६२.५२ प्रतिसत अंक प्राप्त गरेको छ । त्यस्तै धार्चे गाउँपालिकाले ६०.३४, बारपाक सुलिकोट गाउँपालिकाले ६०.३१ प्रतिसत, आरुघाट गाउँपालिकाले ५९.५३ प्रतिसत, सिरानचोक गाउँपालिकाले ५९. ३७ प्रतिसत अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार भीमसेन थापा गाउँपालिकाले ५७.३३ प्रतिसत र पालुङटार नगरपालिकाले ५१.८७ प्रतिसत अंक प्राप्त गरेको छ ।

    प्रतिवेदनअनुसार उत्कृष्ट अंक प्राप्त गर्ने स्थानीय तहहरूले वित्तीय व्यवस्थापनमा सुधार, समयमै बजेट कार्यान्वयन, आन्तरिक लेखापरीक्षणको प्रभावकारी व्यवस्था तथा अनलाइन प्रणालीमार्फत पारदर्शिता प्रवद्र्धनमा उल्लेख्य प्रगति गरेका छन् ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी वित्तीय समानीकरण अनुदान तथा प्रोत्साहन अनुदान वितरणका आधार तयार गर्दै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.