साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको माछाखोला जाने सडक २ दिनकोलागि बन्द रहने भएको छ ।
उक्त सडक खण्डको हस्र्याङ खोला क्षेत्रमा सडक मर्मत गर्न लागेकोले माघ २२ र २३ गते २ दिन बन्द रहने पालिकाले सूचना जारी गरेर जानकारी दिएको हो ।
धार्चे गाउँपालिका–७ को हावाडाडाँ र लापुवेशी बिचमा रहेको कमेरे भिरमा गएको बर्षाले सडक भासिएपछी मर्मतकोलागि २ दिन बन्द गरेर काम गर्न लागेको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन ।
बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तरर्गत पर्ने हस्र्याङ खोला उकालोमा सडकको लेबल मिलाउनकोलागि भोली बिहीबार र शुक्रबार बन्द गरेर काम गर्न लागेको पालिकाले जारी गरेको सुचनामा भनिएको छ ।
बन्द अवधिमा २ पाँग्रे सवारी साधनलाई आवतजावतमा अवरोध नहुने र ४ पाँग्रे तथा त्यो भन्दा माथीमा सवारीलाई रोक लगाइएको छ ।
जारी सूचनामा ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत पर्ने हस्र्याङखोला उकालोमा सडक लेबल मिलाउने कार्य यहि मिति २०८२–१०–२२ र २०८२–१०–२३ गते हुने हुँदा उक्त सडक खण्ढमा चारपाङग्रे सवारी आवतजावत पूर्ण रुपमा बन्द हुने’ भनिएको छ ।
पालिकाले आफु संग सिमाना जोडिएको चुमनुब्री र आरुघाट गाउँपालिकालाई पत्रको बोधार्थ दिदै सडक अबरुद्व हुदा सर्व साधारण नागरिकहरुमा पर्न जाने असविधा प्रति क्षमाप्रार्थी छौ भनेको छ ।




