×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखाको ८३ मतदान स्थल अति संवेदनशिल घोषणा

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनकोलागि गोरखाको ८३ वटा मतदान स्थललाई अति संवेदनशिल स्थानको रुपमा घोषणा गरिएको छ ।

    जिल्ला सुरक्षा समितिको हालै सम्पन्न बैठकले जिल्ला भित्र रहेको कुल २२५ मतदान केन्द्र मध्य ८३ वटा मतदान केन्द्र अति संवेदनशिल रहेको निर्णय भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

    उनका अनुसार सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला भरको सबै मतदान केन्द्र अनुगमन पछि उक्त निर्णय भएको हो ।

    जस अन्तरर्गत क्षेत्र नम्बर १ मा रहेको कुल १३१ मतदान केन्द्र मध्य २९ वटा अति संवेदनशिल, ९५ मतदान केन्द्र संवेदनशिल र ७ मतदान केन्द्र सामान्य रहेको छ ।

    उता क्षेत्र नम्बर २ मा रहेको कुल ९४ मतदान केन्द्र मध्य ५४ मतदान केन्द्र अति संवेदनशिल, ३६ मतदान केन्द्र संवेदशिल र ४ सामान्य रहेको पनि सुरक्षा समितिले निक्यौल गरेको छ ।

    सुरक्षा समितिले हालै गरेको निर्णय अनुसार गोरखा नगरपालिका भित्र रहेको २५ मतदान केन्द्र मध्य ३ अति संवेशनशिल, १३ संवेदशिल र ९ मतदान केन्द्र सामान्य रहेको छ ।

    त्यस्तैगरी पालुङटार नगरपालिका भित्र रहेको २४ वटै मतदान केन्द्रलाई अति संवेदशिल भनेर निक्यौल गरिएको छ ।

    त्यस बाहेक पनि क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिकामा रहेको २० मतदान केन्द्र मध्य ७ अति संवेदनशिल र १३ सामान्य, शहिद लखन गाउँपालिकामा रहेको २२ मतदान केन्द्र मध्य ५ अति संवेदनशिल, १५ वटा संवेदनशिल र २ सामान्य तथा भिमसेन थापा गाउँपालिका भित्र रहेको १८ मतदान केन्द्र मध्य ७ अति संवेदनशिल र ११ संवेदनशिल मानिएको छ ।

    त्यस्तैगरी, आरुघाट गाउँपालिकामा रहेको १८ मतदान केन्द्र मध्य ४ अति संवेदनशिल र १४ वटा संवेदनशिल, धार्चे गाउँपालिका भित्र रहेको १७ मतदान केन्द्र मध्य ४ अति संवेदनशिल र १३ वटा संवेदनशिल तथा चुमनुब्री गाउँपालिकामा रहेको २३ मतदान केन्द्र मध्य २ अति संवेदनशिल र २१ वटा संवेदनशिल मानिएको छ ।

    क्षेत्र नम्बर २ को पालुङटार नगरपालिका २४ वटै अति संवेदनशिल, सिरानचोक गाउँपालिकामा रहेको २३ मतदान केन्द्र मध्य १५ अति संवेदनशिल र ८ वटा संवेदनशिल, अजिरकोट गाउँपालिकामा रहेको १५ मतदान केन्द्र मध्य ६ अति संवेदनशिल र ९ वटा संवेदनशिल तथा बारपाक सुलिकोट गाउँपालिकामा रहेको २० मध्ये ६ अति संवेदनशिल र १४ वटा संवेदनशिल केन्द्र मानिएको छ ।

    यता गोरखा नगरपालिका क्षेत्र भित्र रहेको २५ मतदान केन्द्र मध्य ३ अति संवेदनशिल, १३ संवेदनशिल र ९ वटा मतदान केन्द्र सामान्यमा परेको छ । गोरखा नगरपालिका १ देखी ७ सम्म क्षेत्र नम्बर १ र ८ देखी १४ क्षेत्र नम्बर २ मा पर्दछ ।

     

     

     

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    मङ्गलबार, माघ २०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.