×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखा सदरमुकाममा सहकारिता ऐन र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सम्पन्न

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/sakos-news.wav

     

    गोरखा । गोरखा सदरमुकाममा सहकारिता ऐन, नियम तथा समसामयिक विषयका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयको आयोजना र जिल्ला सहकारी संघ लि गोरखाको समन्वयमा सदरमुकाममा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका वित्तीय व्यवस्थापन, ऋण सीमांकन, वित्तीय स्रोत सङ्कलन, अभिलेखीकरण तथा गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

    कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका अमृत प्रसाद कडेलले वित्तीय व्यवस्थापन र सहकारीका ऋण सीमा निर्धारण, वर्गीकरण तथा अभिलेखीकरणका आवश्यक विवरणबारे विस्तृत रूपमा जानकारी गराए ।

    उनले प्रदेशको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश सहकारी सम्बन्धी योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सबै सहकारी संस्थाहरू सहकार्यमा जुट्नुपर्ने समेत बताए ।

    त्यस्तै, सहकारीको कर्तव्य, अधिकार र नियमनका विषयमा गण्डकी प्रदेश कार्यलय, कास्कीका रजिस्ट्रार भेषराज रिजालले कार्यपत्र प्रस्तुत गरे। उनले सहकारीमा वित्तीय अनुशासन र पारदर्शिताको अभावले उत्पन्न हुने समस्या रोक्न प्रभावकारी नियमन आवश्यक रहेको उल्लेख गरे ।

    साथै, प्रदेशअन्तर्गतका सहकारीहरूको सांख्यिक विवरण सार्वजनिक गर्न र लेखापरीक्षण प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक भरत बहादुर बिकले सहकारी संस्था र सहकारीका कार्यालयहरूमा चोरीजस्ता आपराधिक गतिविधि रोकथामका लागि सायरन जडान, निगरानी उपकरणको प्रयोग र रात्री सुरक्षाको व्यवस्था अपनाउन आग्रह गरे । उनले अपराध नियन्त्रणमा सामूहिक सहयोग र सचेतना महत्वपूर्ण रहेको बताए ।

    गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगर, जिल्ला सहकारी संघ लि।का अध्यक्ष हरीराम अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सहकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.