साँकेतिक तस्बिर
गोरखा । गोरखाको बिभिन्न स्थानमा श्रृखलाबद्ध चोरी गरेकाे घटनामा संलग्न भएकाे आराेपमा गाेरखा प्रहरीले १ जनालाई पक्राउ गरेकाे छ । उक्त ब्यत्तीलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गर्न सफल भएको हाे ।
उत्तरी गोरखाको आरुघाट गाउँपालिका क्षेत्रमा भएका चोरीको बिभिन्न घटनामा संलग्न भएको आरोपमा धार्चे गाउँपालिका–५ बस्ने १९ वर्षीय रनबिर गुरुङ भनिने रम्बिस गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका गुरुङले आरुघाट गाउँपालिकास्थित सकुन्तला खड्काको घर, डाँडागाउँ स्वास्थ्य केन्द्र, कर्ण बहादुर मगरको घरमा श्रृखलाबद्ध चोरीमा संलग्न भएको पाइएको उनले बताए ।
चोरी भएका सामग्रीसहित उनलाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए । प्रहरीले उनलाई गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएकाे छ ।
प्रहरीले गुरुङको साथबाट ७.९ लाल तौल भएको सुनको बेरुवा रिङ २ थान, सुनको १०.५ लाल तौल भएको गुकुल मुन्द्रा १ थान, सुनको लकेट १ थान र सुनजस्तो पहेँलो धातुबाट बनेको सिक्री १ थान बरामद गरेको छ ।




