×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गाेरखाकाे सिरानचोकमा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुलाई लेखन सीप तालिम

  •  गोरखा समाचार
  • सोमबार, पुष २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/siranchock-talim-news.wav

     

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि लेखन सीप सम्बन्धी तालिम प्रदान गरिएको छ ।

    तालिममा गाउँस्तरमा देखिने विवादहरु घरेलु झै-झगडा, जग्गा–जमिन र सिमाना विवाद, लेनदेन, सामाजिक तथा पारिवारिक मतभेदलगायतको समाधान प्रक्रियामा लेखन, सहमति निर्माण र निर्णय अभिलेखीकरण बिषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गराइएकाे थियाे ।

    तालिमका क्रममा विवादका पक्षहरूबीच विश्वास निर्माण गर्ने तरिका, सहमतिको भाषा र संरचना, सहमति लेखनका आधारभूत सीपबारे सहभागीलाई जानकारी गराइएको न्यायिक समितिका सदस्य एवं सिरानचोक गाउँपालिका-३ का वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए ।

    मेलमिलापकर्ताले कुनै पनि पक्षप्रति पूर्वाग्रह नराख्ने, कानुन विपरीतका निर्णय नगर्ने, दबाब वा प्रभावमा नपर्ने र विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने बिषयलाई तालिममा विशेष जोड दिइएको उनले बताए ।

    साथै हिंसा, आपराधिक गतिविधि तथा गम्भीर कानुनी मुद्दा मेलमिलापको दायराभित्र नपर्ने भएकाले त्यस्ता विषय सम्बन्धित निकायमा पठाउनुपर्नेबारे पनि तालिममा जानकारी गरिएको थियाे ।

    तालिमबाट मेलमिलापकर्ताको क्षमता अभिवृद्धि भई गाउँपालिकामा देखिने विवाद समाधान प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । मेलमिलापकर्ताले आफ्नो भूमिकामा रहँदा गर्न हुने र नहुने व्यवहारबारे स्पष्ट हुनुपर्ने र गोपनीयता कायम गर्नुपर्ने बिषय समेत तालिममा जानकारी गराइएको छ ।

    आइतबार र सोमबार सञ्चालन भएको तालिममा गाउँपालिका न्यायिक समिति संयोजक रिता देवकोटाले यस्ता विवादको प्रकृति बुझेर निरुपण गर्ने सीप अत्यावश्यक रहेको बताए । उनले गाउँमा शान्ति, सद्भाव र न्याय स्थापना गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।

    उनले यस्ता तालिमले न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सिकेका सीप व्यवहारमा उतारेर स्थानीय तहमा आउने विवाद छिटो, सहज र न्यायोचित रूपमा समाधान गर्न सबैलाई आग्रह गरे ।

    कार्यक्रममा सिरानचोक गाउँपालिकाका न्यायिक सहजकर्ता तथा अधिवक्ता रजनि गजुरेलले न्यायिक समितिका लागि लेखन सीपसम्बन्धी सहजीकरण गरेका थिए । सीप लेखन तालिम समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    • शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    • गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    सोमबार, पुष २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.