चाेरी भएकाे ट्याक्टरको टेर्लर र नम्बर
गोरखा । गोरखा सदरमुकामबाट दिउसै ट्याक्टरको टेर्लर चोरी भएको छ । गोरखा नगरपालिका–८ को आहाले क्षेत्रबाट दिउसो टेर्लर चोरी भएको हो ।
आरुघाट गाउँपालिका–१० की रञ्जिला श्रेष्ठ को नाममा दर्ता रहेको ग १ त ५८४० नम्बरको ट्याक्टरको टेर्लरी चोरी भएको हाे ।
चोरीका बिषयमा सवारी धनीले प्रहरीमा उजुरी समेत दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले पनि ट्याक्टरको टेर्लर चोरी भएको मुद्वा दर्ता भएको जानकारी दिएको छ ।
ट्याक्टरको अगाडीको भाग बिग्रीएर ग्यारेजमा बनाउन राखेको र टेर्लर आहाले बजार क्षेत्रको सशस्त्र प्रहरी क्याम्प नजिकै राखिराखेको अवस्थामा अपरिचित समूहले दिउसो ३ बजेको समयमा टेर्लर लगेको जानकारी दिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी कार्यालयले पिडितबाट उजुरी प्राप्त भए लगत्तै जिल्ला भरी खोजी कार्य सुरु गरेको जनाएको छ ।
उक्त टेर्लरको बजार मूल्य १ लाख ५० लाख हजार भएको पनि सवारी धनी श्रेष्ठले जानकारी दिईन ।



