गोरखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् ।
गोरखामा प्रतिनिधिसभा अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेकामा क्षेत्र नम्बर १ र २ दुवैका लागि न्यायिक सेवाका अधिकारीहरुलाई जिम्मेवारी दिइएको छ ।
गोरखा क्षेत्र नम्बर १ का लागि जिल्ला अदालत गोरखाका न्यायाधीश विष्णुप्रसाद गौतम मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । सम्पूर्ण निर्वाचन प्रक्रियाको समन्वय, व्यवस्थापन, उम्मेदवार दर्तादेखि मतगणना र नतिजा सार्वजनिक गर्ने सबै संवैधानिक तथा कानुनी प्रक्रिया गौतमको नेतृत्वमा हुनेछ ।
त्यस्तैगरी, गोरखा क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतका रूपमा सर्वोच्च अदालतका इजलास अधिकृत मोहनप्रसाद बेल्वासेलाई जिम्मेवारी दिइएको छ ।
बेल्वासेले मतदान केन्द्र व्यवस्थापन, मतदान तथा मतगणनासम्बन्धी सम्पूर्ण काम सम्हाल्नु पर्ने छ ।
निर्वाचन आयोगले दुवै क्षेत्रमा निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न न्यायिक पृष्ठभूमिका अधिकृत तोकेर निर्वाचन तोकेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गोरखामा दलहरू, उम्मेदवार र मतदाताबीचको राजनीतिक चहलपहल बढ्न थालेको छ ।



