गाेरखा । उत्तरी गाेरखाकाे एक घरमा आज बिहान आगलागी भएकाे छ । आगलागीमा परी छेकम्पार लेरुका घर धनी तेन्जिङ वाग्देल लामा घाइते भएकाे चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
घाईते लामालाई स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे र हेली मार्फत थप उपचारकाेलागी राजधानी लाने तयारी भएकाे पनि अध्यक्ष लामाले जानकारी दिए ।
उनका अनुसरा चुमनुब्री गाउँपालिका-७ काे लेरु गाउँमा आज बिहान ३:३० बजे आगलागी हुदा लामाकाे घरमा क्षति पुगेकाे छ ।
जाडाे भएर अगेनामा बालेकाे आगाेले घर आगलागी भएकाे अनुमान गरिएकाे छ । काठ र ढुङ्गाले बनेको टिनले छाएको चार कोठे घरमा क्षति पुगेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
क्षतिकाे पूर्ण विवरण आउनै बाँकी रहेकाे छ ।



