×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सञ्चारमन्त्री खरेलले गाेरखा आएर भने, देश परिवर्तनको दिशामा अघि बढीरहेको छ  

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Jagadish_Kharel_NEWS.wav

     

    गाेरखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश परिवर्तनको दिशामा अघि बढिरहेको बताएका छन् । सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालय अन्तरर्गत हुलाक सेवा विभागको आयोजनामा गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा तथा शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले देशलाई विकास र सम्बृद्धि खोजीरहेको बताएका हुन् ।

    सवैमा भावनात्मक एकता र परिवर्तनको सोचसहित विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्नेमा उनले जोडदिए । सञ्चार प्रविधिमन्त्री खरेलले देशमा फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिकै समयमा शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न हुने बताए ।

    आगामी निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्ने गरी सवै भाग लिने वातवारण बनाउनुपर्ने भन्दै उनले निर्वाचनको सम्पूर्ण वातावरण तयार भइसकेको उल्लेख गरे । उनले सुरक्षाकर्मीको मनोबल कमजोर रहेको भन्ने प्रश्न यदाकदा उठ्ने गरेको भन्दै नेपालका निकायले अहिलेको भन्दा निक्कै झनै जटिल परिस्थितिमा पनि आफ्नो जिम्मेवारी सहज ढंगबाट पुरा गर्दै आएको स्मरण गराउदै सुरक्षाकर्मीले उच्च मनोवलका साथ काम गरिरहेको बताए ।

    सञ्चार मन्त्री खरेलले गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा गरेसंगै अव नेपालको हुलाक सेवालाई स्मार्ट बनाउने दिशामा मुुलकु अघि बढेको उल्लेख गरे । मन्त्री खरेलले नीतिगत स्पस्टता र व्यवस्थापनसहित काम गर्न सके अवको ५ बर्ष भित्रमा हुलाकलाई ठूलो राजस्व आम्दानी गर्ने कार्यालयको रुपमा विकास गर्न सकिने स्पस्ट पारे ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले गोरखा हुलाक कार्यालयलाई देशकै पहिलो स्मार्ट हुलाकका रूपमा गोरखा हुलाक घोषणा हुनु गौरवको विषय भएको बताइन ।

    जनताको घरदैलोसम्म पुग्ने सेवा हुलाक भएकाले सबै सरकारी कार्यालयलाई हुलाकसँग आबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले दुर्गम क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा विस्तारका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिन ।

    गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हुलाकको कार्यक्षेत्र अझ फराकिलो बनाउँदै सेवा व्यापक प्रचार गर्नुपर्ने बताए ।

    जिल्ला समन्वय समिति गोरखाकी उप-प्रमुख लिला परियारले हुलाक सेवालाई प्रभावकारी बनाउन सचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखिन् ।

    कार्यक्रममा जिल्ला हुलाक अधिकृत विनोदप्रसाद गैरेले १४७ वर्ष पुरानो इतिहास बोकेको हुलाक सेवाले विकसित र विशाल सेवा प्रणालीको सपना देखेको बताए । गोरखा जिल्लामा ११ वटा हुलाक कार्यालय र ६५ जना कर्मचारी कार्यरत रहेको जानकारी दिँदै उनले हुलाक नै जनताको सेवा बोकेर घरदैलोमा पुग्ने एक मात्र कार्यालय भएको उल्लेख गरे ।

    अनलाइन ट्र्याकिङ प्रणालीमार्फत सेवाग्राहीले आफ्ना सामग्रीको अवस्थाबारे जानकारी पाउन सक्नु हुलाकको बलियो पक्ष भएको उनको भनाइ छ ।

    हाल आफ्नै सवारी साधनको अभावका कारण समस्या भए पनि सामग्री ढुवानीलाई प्राथमिकता दिन थालिएको जानकारी दिँदै गैरेले जिल्लाभित्रका सबै हल्कारालाई डिजिटल सेवामा दक्ष बनाइएको, सबै पालिकामा ट्र्याकिङ प्रणाली लागू गरिएको तथा हल्कारालाई ड्राइभिङ तालिमसमेत दिइएको बताए ।

    पीआईटीएस प्रणाली युट्युबमार्फत सञ्चालन भइरहेको र २५ प्रतिशत राजस्व वृद्धि लक्ष्य लिइएको उनकाे भनाइ छ । साथै, गन्द्रुक र मासको दालजस्ता स्थानीय उत्पादन पठाउन कानुनी व्यवस्था आवश्यक रहेकोमा उनले जोड दिए ।

    लेखकबाट थप:

    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे
    • नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.