गाेरखा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले डा. बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव लड्न आग्रह गरेको छ ।
प्रलोपाको गण्डकी प्रदेशस्तरीय भेला तथा बैठकले भट्टराईले गोरखाबाट चुनाव लड्नुपर्ने निर्णय गरेको हो ।
‘यो राजनीति सुधार्न र वैकल्पिक राजनीतिलाई स्थापित गर्न उहाँको आवश्यकता छ । उहाँले लड्दिनँ भन्न पाउनुहुन्न,’ प्रदेश अध्यक्ष नेत्र चपाईंले भने, ‘उहाँले चुनाव लड्नुपर्छ । समग्र विकासका लागि उहाँले गोरखाबाट चुनाव लड्नैपर्छ ।’




















