साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको आरुघाट क्षेत्रमा एकै रातमा सरकारी कार्यालयदेखी ब्यत्तीगत घरहरुमा चोरी भएको घटना सार्वजनिक भएको छ ।
चोरी गर्नेले सरकारी कार्यालयदेखी ब्यत्तीका घरहरुलाई निशाना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिए ।
उनका अनुसार गएको सोमबार आरुघाट गाउँपालिका–१० आरुचनौटेका फुलपाती भञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्र, सोही स्थाका रेनुका खड्काको पसल, अञ्जिता बराम र सकुन्तरा खत्रीको घरमा चोरी गरेका थिए ।
पहिचान खुल्न नसकेको चोरी गर्ने समूहलाई प्रहरीले खोजबिन गरिरहेको पनि प्रउ बिकले जानकारी दिए ।
उक्त घटनामा आधारभूत स्वास्थ्य केन्द्रको ईन्टरनेट राउटर, ब्याकअप पावर, कैची, झोला, दाँत माझने ब्रस, मञ्जन तथा फलामका कराईहरु चोरी भएको छ ।
सोही समूहले सोही राती नै खड्काको पसलबाट २८ बोतल बियर, कुखुराको मासु तथा अन्य नामका मदिरा चोरी गरेका थिए भने बरामको घरबाट नगद २ हजार तथा खत्रीको घरबाट नगद १० हजार सहित २ तोलाको सुनका तिलहरी, डेढ तोलाको बेरुवा रिङ र डेढ तोलाको चाँदीको सिक्री चोरी गरेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको ब्यापक खोजी भएकोले कोही कसैसंग केही जानकारी भए प्रहरीमा खबर गरीदिन आग्रह समेत गरेको छ ।



